१० करोड लगानीमा मन्थलीमा यस्तो बन्दैछ स्वीमिङ पुल सहितको पार्क (भिडियोसहित)
२२ जेठ, रामेछाप ।
रामेछाप जिल्लाको मन्थली नगरपालिकाको हाटेचौरमा आधुनिक पार्क सहितको स्वीमिङ पुल र आधुनिक सभा हल निर्माण हुने भएको छ । मन्थली नगरपालिकाले हाटेचौरस्थित करिब २ सय रोपनी क्षेत्रफलमा पार्क सहितको स्वीमिङ पुल निर्माण गर्न लागेको हो । मन्थली नगरपालिकाले तीन वटा स्वीमिङ पुल एक हजार जना अटाउने आधुनिक सभा हल निर्माणको काम अगाडि बढाएको छ ।
डिजाइनको जिम्मेवारी पाएको इन्जिनियरको घर प्रालिका सञ्चालक सरोज कुमार कार्कीले डिजाइनको काम तोकिएकै समयभित्र सम्पन्न गरेर नगरपालिकालाई बुझाइसकेको रामेछाप न्युजलाई बताए ।
संघीय सरकारको ४ करोड र मन्थली नगरपालिकाको ६ करोड लगानीमा स्वीमिङ पुल, सभा हल र पार्क निर्माणको काम अगाडि बढाइएको मन्थली नगरपालिकाका नगर प्रमुख रमेश वस्नेतले रामेछाप न्युजलाई बताए ।
हेर्नुहोस यस्तो बन्नेछ पार्क सहितको स्वीमिङ पुल भिडियो