दोरम्बा गाउँपालिकाका अध्यक्षलाई खुल्ला पत्र
श्रीमान दोरम्बा गाउँपालिका अध्यक्ष ज्यु,
अन्तरमन र अन्तर हृदयदेखि उब्जिएको कौतुहल्ता, जिज्ञासा, गुनासो र भावनाहरुलाई तपाईं समक्ष यो खुल्ला पत्र मार्फत राख्ने जमर्को गरेको छु ।
सन्चो र बिसन्चो कुरा त अरु समय र अरु भेटघाटमा गर्ने नै छु । आज यो दुखित मनको भावना साटिएर लेखिएको एक पत्र बोकेर तपाईसामु ठिङ्ग उभिएको छु । मेरो पत्रको मर्म तपाईले बुझ्नु हुन्छ या हुदैँन त्यो तपाई कैमा नै भर पर्छ । तर यो पत्र लेखिरहदा मलाई त यति बित्न दुख्छ. भने तपाईलाई झन् बढी दुखेको हुनुपर्छ । तपाईको गाउँपालिकालाई अझ बढी दुखेको होला । किनकी तपाईको गाउँपालिकाले अकल्पनिय क्षेति बेहोर्दै छन् । अब विषयवस्तुतर्फ नै जाऔँ ।
अध्यक्ष ज्यू, क्यान्सर पीडितको उपचार व्यवस्था होस् र गाउँपालिकामा आफ्नै डाक्टर होस
जब म २०७६ असार १० गतेका दिन काठमाडौं क्यान्सर सेन्टरमा पुगे जहाँ १०७ नम्बरको बेटमा दोरम्बा गाउँ कार्यपालिका सदस्य धनमाया तामाङ लडिरहेको अबस्थामा भेटे । हस्पिटलमा पैसा डिपोजिट गर्न नसकेर आफन्तहरुसँग सहयोगी हात फैलाउँदै गरेको प्रबिन मोक्तानको त्यो परिदृश्य मेरो आँखामा ठोकियो तब मेरो मन झन विछिप्त भयो ।
म भित्र झनै कौतुहलता जाग्यो । तपाईको ५ बर्षको कार्यकालभरसँगै रहने ती १५ जना गाउँ कार्यपालिका सदस्यहरुको एक परिवारको सदस्य हुन् । त्यहीँ परिवारको तपाई एक जिम्मेवार अभिभावक हुन् । तपाईको १५ सदस्यीय परिवार मध्येको एक सदस्य धनमाया तामाङलाई क्यान्सर जस्तो प्राणघातक रोग लागेर अस्पतालको शैयामा मुत्युसँग लडिरहदा अभिभावक भएको नाताले तपाईलाई केही हदसम्म भएपनि दुख्नु पर्ने र अभिभावकत्व ग्रहण गर्नु पर्ने हो । तर त्यस्तो केही देखिएन । मैले सोचे जस्तो होइन रहेछन् ।
सायद मेरा अनुमान र सोच फरक भएछ । किनकी आजको दिनसम्म पनि आफ्नो एक सदस्य मृत्युसँग लडिरहदा गाउँपालिकाले केही सहयोग गरेको छ, न त क्यान्सर पीडितको हितमा केही योजना नै बनाएको छ । एक जुझारु जनयुद्धमा आफ्नो उर्जावान जीवन सर्मपित स्थानीयस्तरमा भए पनि राजनीतिक पहुँच पहुच भएको राजनीति योगदानको त कुरै नगरौं । यस्तो व्यक्तिमा क्यान्सर जस्तो रोग लाग्दा पनि गाउँपालिकासँग कुनै योजना छैन् । न कुनै कोषको व्यवस्था नै छ ।
एउटा गाउँ कार्यपालिका सदस्य जस्तो व्यक्ति क्यान्सर जस्तो प्राणघातक रोग लागेर आफ्नो ज्यान गुमाउनु पर्यो पर्ने अवस्था छ भने हामी जस्तो साधारण र सामान्य नागरिकहरु जसको कुनै आर्थिक, समाजिक तथा राजनीतिक पहुँच नै छ्न । दःुखी गरिबीले स्वास्थ्य क्षेत्रमा तपाईबाट के आशा र अपेक्षा राख्न सक्छु र खै ? स्वास्थ्य, शिक्षा, रोजगारको विषयमा गाउँपालिका गम्भीर नभएको प्रष्ट देखिन्छन् । हामी त पहुँच छैन, पैसा छैन ।
क्यान्सर र अरु प्राणघातक रोग लाग्दा सिधै मृत्यु रोज्नु ? अध्यक्षज्यु हाम्रो कुनै सरकार छैन ? सरकार पहुँचवाला, ठुलोबडा र हुने खाने लाई मात्र हो र ? के हामी यसैको लागि लडेका थियौ ? दस बर्षे जनयुद्ध र १९ दिने जनआन्दोलनमा मृत्युलाई हत्केलामा राखी ल्याएको गणतन्त्र र संघीयताको मर्म यही हो र ? हिजो गाँस, बाँस, कपास र स्वास्थ्या, शिक्षा, रोजगार जस्ता आधारभुत आवश्यता सरकारले ग्यरेन्टी दिनु पर्छ भनेर लडेका थियौ नि ।
पुरानो सत्ता र सरकार भत्काएर हाम्रो सत्ता र सरकार आएपछि गरिब र सर्वसाधारण जनताको मुहार फेर्छ भनेका थियौ । खै त स्थानीय सरकारले के गर्न सक्यो ? आज तपाई त्यहीँ स्थानीय सरकारको अध्यक्ष हुनुहुन्छ । अर्काे कुरा राज्यले स्थानीय तहमा क्यान्सर लगायतका विभिन्न रोगको लागि गाउँपालिकाको सिफारिसमा केही आर्थिक सहयोग गर्न सकिने व्यवस्था गरेको छ । तर, तपाई र तपाईको गाउँपालिकाले त आफ्नै परिवारभित्रको सदस्य क्यान्सर जस्तो प्राणघातक रोगको शिकार हुँदा पनि केही व्यवस्था गर्नु भएन । अब यसबाट जनताले के अपेक्षा गर्ने त ?
तपाईलाई अवगत नै होला अध्यक्षज्यु, सदस्य तथा पीडित तामाङको श्रीमान प्रबिन मोक्तान पनि दस बर्से जनयुद्धको घाइते हुनुहुन्छ । उहाँको खुट्टामा गोलीको छर्रा अझै बाँकी छ । उहाँको टाउको र शरीरबाट राइफलको नालले हिर्काउदा खात र बुटको दब्बाहरु अझै मेटिएको छैन । मनसिक यातानाले अझै मस्तिष्क भारी छ । जेल नेल कति खायौ । भोक, प्यास र पीडा कति खायौ ? असारे झरीमा एउटा र्याङकोटले हजारौ माइल हिडेका खुट्टाका लागेको चोटहरु असख्या छन् । प्रचण्ड गर्मीमा गाउँ बस्ती जगाउदै मृत्युलाई जितेका छन् ।
जाडोमा एकजोर कपड़ाले शैलुङको चिसोमा महिनौ कुत्कुत्यएको अझै याद होलान । यहीँ संघर्षको बेलामा पाइल्स जन्मायो धनमाया तामाङ जस्तो धेरै साथीहरु । आज त्यहीँ पायल्समा क्यान्सर निम्तायो धनमायाको, खै कसरी भनौ पीडा आफैभित्र होलान ।
केही बर्ष अगाडी मात्र प्रबिनको आमाको प्यारलाइसिस भएपछि अरुको भरमा बाँच्नु परेको छ । बुबाको हालसालै प्रेसरले लडेर उपचार गरिरहेका छन् । भाउजू पनि क्यान्सर कै कारण पोहोर साल बित्नु भयो । उहाँहरुको पनि खासै आम्दानीको भरपर्दो स्रोत देखिदैन । शान्ति प्रक्रियापछि समाज सेवामै देखिन्छन् । खै कसरी धान्न सकिन्छ र ?
यतिका संघर्षबाट जन्मिएकी एक व्यक्ति स्थानीय सरकार सञ्चालनको एक सदस्य आज क्यान्सरले थला पर्दा तपाई कै सरकारले केही गर्न सकिँदैन भने हामी जस्तो सामान्य जनताले स्वास्थ्य जस्तो क्षेत्रमा सर्वसाधारणको पहुँच कसरी पुराउन सकिन्छ र खै ?
अध्यक्ष ज्यु तपाई आफै भन्नुहोस–केन्द्र सरकरले सामान्य रुघखोकीको लागि चेकजाँच गर्दा सरकारको ढुकुटीबाट करोडौं खर्च गर्छन् । तर सामान्य जनता पा्रणघातक रोग लाग्दा पनि टुलुटुलु हेरेर बस्नु पर्ने यो कस्तो व्यवस्था हो ? हो तपाईले भनेको जस्तै गाउँकार्यपलिका सदस्य र अरु सर्वसाधरण जनतालाइ एउटै नजरले हेर्नुभएको छ ।
समान ढंगले हेर्नु भएको छ । धनमायालाई बचाउदा ऊ जस्तै अरु जनतालाई पनि के गर्ने भनेर प्रश्न गर्नु भएको छ । त्यो राम्रो कुरा हो । तर अध्यक्षज्यु सार्वजानिक ओहोदामा बसेको ती मन्त्री र कर्मचारीहरुले सामान्य चेकजाँचमा करोडौं खर्च गर्छन भने के गाउँ कार्यपालिका सदस्यलाई प्राणघातक रोग लाग्दा लाख खर्च गरेर उहाँको ज्यान बचाउन सकिँदैन र ?
यहाँ चाही समान ढङ्गले हेर्नु पर्दैन र खै समान व्यवहार ? अध्यक्षज्यु तपाइले केन्द्र सरकारको मन्त्री, कर्मचरीहरु र तपाइको स्थानीय सरकारको कार्यपालिका सदस्य धनमाया तामाङमा के फरक पाउनु भो ? यति उपचार गर्नलाइ कानुनको कुन चहीँ दफा परिमार्जन गर्नु पर्छ र ? धनमायाको ज्यान ठुलो कि कार्यविधि ?
कार्यविधिले स्थानीय सरकारलाई कामको विधि सिकाउने हो । दुःखमा परेका, बिपत्तिमा फसेकाहरुलाई उद्दार नगर्नु नगराउनु भनेर कार्यविधिले कतै पनि भनेको पाइदैन । बजेट दुरुपयोग हुन्छ भनेर रोक्ने हो कार्यविधिले कसैको ज्यान बचाउदा बजेट दुरुपयोग होला जस्तो लाग्दैन । स्थानीय सरकार सञ्चालन ऐनमा प्रष्ट छन् । स्वस्थ्य शिक्षा जस्तो क्षेत्रमा स्थानीय सरकारलाई नै सबै जिम्मेवारी दिएका छन् ।
अब त अध्यक्षज्यु दिन दुःखी गरिबी र सर्बसाधारण जनताले स्वस्थ्यमा त के आश गर्नु ? गाउँपालिका सदस्यले पनि त्यहाँबाट सुविधा पाउदैन भने हामीले त के आशा गर्नु र ? रोजगारको कुनै योजना छैन । अध्यक्षज्यु, गाउँपालिकाले अब व्यवहारिक र प्रभावकारी काम गर्नु पर्छ जस्तो लाग्छ । स्वस्थ्य जस्तो संवेदनशिल क्षेत्रमा त झन् केही प्रभावकारी काम गर्नै पर्छ ।
किनकी कोही कुनै व्यक्तिले आर्थिक अवस्था कमजोर भएर अकालमा ज्यान गुमाउनु नपरोस् । होला बिरामी अन्तिम अबस्था भएकाहरुलाई बचाउन नसकिएला । तर धनमाया तामाङ जस्तो व्यक्तिहरुलाई अझै बचाउन सकिन्छन् । त्यसको लागि गाउँपालिकाबाट केही व्यवस्था मिलाईयोस् । अध्यक्षज्यु, गाउँपालिकामा वार्षिक पचासौं करोड बजेट बिनियोजित हुन्छ । आर्थिक, सामाजिक, पुर्बधार बिकासको नाममा करोडौं बजेट छुट्टाउछन् । तर स्वास्थ्य जस्तो संबेदनशिल क्षेत्रमा निकै कम छन् ।
अध्यक्षज्यु, तपाइको गाउँपालिकाभित्र कति जना डाक्टरहरु छन ? एकिन तथ्यांक छ ? यदि छन् भने तपाइको गाउँपालिकामा आएर सेवा गर्न चाहने कोही भेटिनु भएको छ ? यदि छैन भने तपाईको गाउँपालिकामा आएको बर्षेनी पचासौं करोड बजेटबाट केही रकम छुटाएर प्रत्येक बर्ष गाउँपालिका भित्रबाट मेहनती, इमान्दार, जेहेन्दार र आर्थिक अबस्था कमजोर भएको एक जना बिद्यार्थीलाई कुनै समिति बनाएर छनोट गरी डाक्टर पढाउनको लागि छात्रवृत्तिको व्यवस्था गर्नुहोस ।
डाक्टर पढिसकेपछि गाउँपालिकामा नै न्युनतम तलबमा न्युनतम पाँच बर्षसम्म काम गर्ने गरि गाउँपालिकाभित्रको दिन दुःखी, गरिबी सर्बसाधारण जनतामा सेवा गर्न दिनुहोस् । प्रत्येक बर्ष एक जान डाक्टर उत्पादन गर्ने गरि योजना बनाउनु होस कतिको प्रभावकारी र व्यवहारिकता हुन्छ ? त्यतिखेर थाहा हुन्छन् । जब तपाइलाई नागकिरहरुले वाहवाही भन्ने छन् ।
गरिबको छोराछोरीले डाक्टर पढ्न पायो भनी गर्र्व गर्दा त्यसको श्रेय तपाईलाई नै जान्छन् । गाउँपालिकाको सर्बसाधारण जनतालाई दक्ष जनशक्तिबाट स्वस्थ्य जस्तो क्षेत्रमा राम्रो सेवा दिन सकिन्छन् । पाँच बर्ष पछिपनि तरिफ योग्य काम देखुन् । तपाइकै पालामा अविस्मरणीय तथा महत्वपुर्ण योजनाका कार्यहरु सम्पन्न होस् । तपाईको काम प्रभावकारी होस व्यबहारिक र दिर्घकालिन होस् । अन्तमा, क्यान्सर पीडित तामाङको पक्षमा अध्यक्षज्युले केही विचार गरियोस् भन्दै, यहीँ आशा, अपेक्षासहित बिदा हुन चाहान्छु ।
धन्यवाद ।
उहीँ तपाईको हित चाहाने शुभचिन्तक
बिजय