रामेछापमा व्यापारीको दादागिरीः प्रशासनको ‘एक्सन’ यी हुन अखाद्य वस्तु वेच्ने व्यापारी (सूचिसहित)
७ असोज, रामेछाप ।
रामेछापको सदरमुकाम मन्थली र पुरानो सदरमुकाम रामेछाप बजारमा व्यापारीको दादागिरी बढेको छ । म्याद गुज्रिएका र अखाद्य बस्तु बजारमा छ्यापछ्यापी भेटिने गरेका छन् । जिल्ला प्रशासन कार्यालय रामेछापले नियमित रुपमा बजार अनुगमन गरिरहे पनि व्यापारीहरुले म्याद गुज्रिएका र अखाद्य वस्तुहरु बेचबिखन गर्न छोडेका छैनन् ।
रामेछापका प्रमुख जिल्ला अधिकारी लिला कुमार केसी पाण्डेले जिल्लाको नेतृत्व सम्हाले लगत्तै उपभोक्ताहरुको हितलाई ध्यानमा राखेर बजार अनुगमनको कामलाई तीब्रता दिनुभएको छ । तर व्यापारीहरुलाई सचेत गराउदा पनि प्रशासनको आँखा छल्दै दशैको मुखमा अखाद्य वस्तु विक्रिवितरण गर्न भने छोडेका छैनन् । जिल्ला प्रशासन कार्यालय रामेछापले सदरमुकाम मन्थलीमा र रामेछाप बजारमा बजार अनुगमतलाई तीब्रता दिएको छ । तर व्यापारीले अटेरी गर्ने क्रमले पनि निरन्तरता पाउदै आएको छ ।
जिल्ला प्रशासन कार्यालय रामेछापले रामेछाप नगरपालिकाको रामेछाप संचालित किराना पसल, हार्डवयर पसल , मासु पसल, होटल र तरकारी तथा फलफूल पसलहरुको अनुगमन क्रममा म्याद गुज्रिएका र अखाद्यय वस्तु फेला परोको छ । अनुगमन टोलीले सुर्तीजन्य र म्याद सकिएको बस्तुहरुको जफत गरेको छ । जिल्ला प्रशासन कार्यालय रामेछापका नायब सुब्बा लक्ष्मण भुजेल नेतृत्वको घरेलु तथा साना उद्योग विकास समिति, जिल्ला प्रहरी कार्यालय, रामेछाप नगर उद्योग बाणिज्य संघको संयुक्त अनुगमनको क्रममा इजाजत बिना विक्री गरिरहेको सुर्तीजन्य समान, म्याद गुज्रिएका अखाद्य बस्तु जफत गरेको हो ।
रामेछाप बजारका विभिन्न पसलहरुमा गरिएको अनुगनका क्रममा इजाजतविना विक्री गरिरहेको तास, सुर्ती, खैनी लगायत म्याद गुज्रिएका अखाद्य वस्तुहरु चाउचाउ विस्कुट, चकलेट चुईगम, साबुन, मासु जफत गरिएको अनुगमन टोलीका संयोजक भुजेलले जानकारी दिनुभयो । प्रशासनले चाड पर्व लक्षित गरी जिल्लामा बजार अनुगमनमा कडाई पादै लगेको छ ।
मन्थलीको बजारमा उपभोक्ताहरुले दैनिक रुपमा उपभोग गर्ने चामल, तेल लगायतको खाद्य वस्तुको म्याद गुज्रिएको पाइएको छ । बजार अनुगमनको क्रममा किरा परेको मासु विक्रि वितरण भएको समत अनुगमन टोलीले फेला पारेको छ । त्यसैगरी किरा परेको काजु, चिल्सा परेको चामल, म्याद गुज्रिएको जुनारको जुस समेत बरामत गरेको छ ।
यी हुन अखाद्य वस्तु वेच्ने व्यापारी (सूचिसहित)