रामेछापका आगलागी पीडितलाई राहत उपलब्ध गराउन प्रधानमन्त्री प्रचण्डलाई पत्र



२ चैत्र, रामेछाप
रामेछाप नगरपालिका– ९ राताटारमा हिजो भएको आगलागीबाट विस्थापित भएका पीडितहरुलाई तत्काल राहत उपलब्ध गराउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पत्र बुझाइएको छ । शुक्रवार प्रधानमन्त्री निवास वालुवाटारमा बागमती प्रदेश रामेछाप प्रदेश क का सांसद नारानारायण श्रेष्ठको नेतृत्वमा प्रधानमन्त्री प्रचण्डलाई आगलागी पीडितलाई राहत उपलब्ध गराउन पत्र बुझाइएको हो ।

भेटमा प्रधानमन्त्री प्रचण्डले सम्बन्धित पक्षसँग समन्वय गरेर सरकारको तर्फबाट अग्नी पिडितहरुलाई गर्नुपर्ने जिम्मेवारीबाट पछि नहट्ने प्रतिबद्धता जनाएको सांसद श्रेष्ठले जानकारी दिए । उनका अनुसार ‘प्रधानमन्त्रीज्यूले राहत उपलब्ध गराउने विषयलाई गम्भीरतापूर्वक लिनुभएको छ । सांसद श्रेष्ठले आगलागी पीडितलाई तत्काल राहत उपलब्ध गराउन बागमती प्रदेशका मुखयमन्त्री शालिकराम जमकटेललाई पनि अनुरोध गरिएको बताए ।

प्रतिक्रिया दिनुहोस्