सुनकोसी तेस्रो जलविद्युत आयोजना लगानी सम्मेलनको प्राथमिकतामा
स्नेहा सिलवाल
११ चैत्र, काठमाडौं । रामेछाप र काभ्रे जिल्लाको सीमाना दोभनटारमा निर्माण हुने सुनकोसी तेस्रो जलविद्युत आयोजनालाई सरकारले लगानी सम्मेलको प्राथमिकतामा राखेको छ । करिब ५ सय ५६ मेगावाट लविद्युत उत्पादन हुने अनुमान गरिएको आयोजनालाई सरकारले लगानी सम्मेलनको लगानी जुटाउन छनोट गरेको हो ।
सुनकोसी तेस्रो जलविद्युत आयोजनाको सम्भाव्यता अध्ययनको काम अन्तिम चरणमा पुगेको छ । आयोजनाको फिल्ड अध्ययनको काम सम्पन्न भएको छ भने ड्रिलिङ गर्ने काम बाँकी रहेको छ । रामेछापको सुनापती गाउँपालिका–४ बेथानस्थित दोभनटारमा सुनकोसी तेस्रो जलविद्युत आयोजनाको ड्याम निर्माण गर्ने गरी सम्भाव्यता अध्ययन भएको छ ।
सुनकोसी तेस्रो लविद्युत आयोजनाको अध्ययन चाइनाको थ्री गर्जेज कम्पनीको भगनी अर्गनाइजेसन एसआइडिआर कन्सल्टेन्ट र नेपालको तर्फबाट ठूलो कन्सल्टेन्ट इआरएमसीले गरिरहेको छ । अध्ययनको काम अन्तिम चरणमा पुगेको नेपाली कन्सल्टेन्ट इआरएमसीका सञ्चालक उद्धवराज चौलागाईले रामेछाप न्युजलाई बताए ।
सरकारले लगानी सम्मेलनमा सुनकोसी तेस्रो जलविद्युत आयोजना निर्माण गर्नको लागि १ खर्ब ४ अर्ब लाग्ने प्रस्ताव तयार गरेको छ ।