पर्यटक गन्तव्य गाउँ दोरम्बामा वैशाक १२ मा भव्य कार्यक्रम हुँदै



नारायण श्रेष्ठ
२८ चैत्र, काठमाडौं । रामेछाप जिल्लाकै पहिलो दोरम्बा ‘पर्यटक गन्तव्य गाउँ’ घोषणा भएपछि पहिलो पटक भव्य कार्यक्रमको आयोजना गरिने बताएको छ । दोरम्बा गाउँपालिका र गाउँ पर्यटन प्रबद्र्धन मञ्च नेपाल (भिटोफ)का प्रतिनिधिहरुबीच भएको सहमति अनुसार अनुसार आगामी वैशाक १२ गते दोरम्बामा भव्य कार्यक्रम आयोजना गरिने निर्णय भएको हो ।

३९ औ विश्व पर्यटन दिवसको अवसरमा गत असोज ११ गते दोरम्बालाई पर्यटन गन्तव्य गाउँ घोषणा गरिएको थियो । फिटोफको सिफारिसमा पर्यटन मन्त्रालयले दोरम्बा सहित लमजुङ र मुगुको गरी तीन वटा गाउँलाई यस बर्ष गाउँ पर्यटन गाउँको रुपमा घोषणा गरेको थियो ।
दोरम्बा गाउँलाई पर्यटन गन्तव्य गाउँमा घोषण गरेपछि दोरम्बामा आन्तरिक एवं बाह्य पर्यटकको चहलपहल भबढेको छ । दोरम्बा गाउँपालिकाको सक्रियतामा दोरम्बालाई पर्यटन गन्तव्य गाउँ घोषणा भएको थियो ।
पर्यटन गन्तव्य गाउँको रुपमा घोषणा गरिएपछि पुर्वाधार निर्माणमा गाउँपालिकाले योजना बनाएर नै काम अगाडि बढाएको गाउँपालिकाका अध्यक्ष कमानसिंह मोक्तानले बताए । गाउँपालिकाले दोरम्बा हुँदै सैलुङसम्मको पर्यटन विकासमा पर्यटन गन्तव्य गाउँ घोषणाले थप टेवा पुगेको बताए ।

पर्यटन गन्तव्य गाउँ घोषणा भएपछि भिटोफको आयोजनामा पहिलो पटक कार्यक्रम आयोजना गरिने भएको छ । दोरम्बा गाउँपालिकाका सह आयोजक रहने गरी कार्यक्रम तय गरिएको दोरम्बा गाउँपालिका–२ दोरम्बाका वडा अध्यक्ष खड्ग बहादुर श्रेष्ठले रामेछाप न्युजलाई जानकारी दिए । उनका अनुसार वैशाक १२ गते दोरम्बामा हुने कार्यक्रममा फिटोफको नेतृत्वमा पचास भन्दा बढी पर्यटन क्षेत्रका संघ संस्थाको सहभागीता रहनेछ ।

पर्यटन गन्तव्य गाउँ घोषणा भएपछि भिटोफले एक पटक औपचारिक कार्यक्रम मार्फत त्यहाँका स्थानीयलाई पर्यटन प्रबद्र्धनको बारेमा जानकारी गराउने गरेको छ । भिटोफले आयोजना गर्ने कार्यक्रममा दोरम्बामा स्थानीय रितिरिवाज, संस्कृति झल्कने सांस्कृतिक कार्यक्रम गरिने भएको छ ।
वडा अध्यक्ष श्रेष्ठले भने,‘दोरम्बा पर्यटन गन्तव्य गाउँ घोषणा भएपछि पर्यटक गन्तव्यको लागि पूर्वाधार विकासमा जुटेका छौ ।’
पाँच कारणले आर्कषणको केन्द दोरम्बा

दोरम्बाको आफ्नै पहिचान र मौलिकता छ । सैलुङको काखमा रहेको दोरम्बा प्राकृतिक रुपमा निकै सुन्दर र मनमोह छ । दोरम्बामा चिटिक्क परेका वस्ती, धर्म संस्कृति रितिरिवाज, रहनसहन लगायतको कारण पर्यटकको आर्कषण गन्तव्यको रुपमा विगतदेखि नै चिनिदै आएको छ ।

दोरम्बामा यस अघि देखि नै होमस्टेको सेवा सञ्चालन हुँदै आएको थियो । दोरम्बामा विशेषगरी अग्लेश्वरी महादेव मन्दिर,तालाच्यु गढी, दोरम्बाको डाँडाकटेरी, शान्ति पार्क, तामाङ र थामी जातिको संस्कृतिको कारण आर्कषण गन्तव्यको रुपमा चिनिदै आएको छ । दोरम्बा ऐतिहासि, धार्मिक, सांस्कति, प्राकृतिक रुपमा धनी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्