खाँडादेवी गाउँपालिका पक्की पुलको सञ्जालले जोडियो, अब बर्षामा पनि गाडी सरर…
१३ वैशाक, रामेछाप ।
खाँडादेवी गाउँपालिकाभित्र विकास निर्माणको काम तीब्र गतिमा अगाडि बढेको छ । गाउँपालिकाभित्र मुख्य सडक यसै बर्षबाट कालोपत्रे काम अगाडि बढेको छ । भटौलीदेखि गाल्वा र सित्खाबाट चहरी भिरपानी, गोगनपानी, धुलेवेसी र भोटनागी जोडन सडकको कालोपत्रे गर्ने काम अगाडि बढेको हो ।
तीन नम्बर प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलको विशेष महलमा खाँडादेवी गाउँपालिकाभित्रका मुख्य दुई सडक कालोपत्र गर्ने काम अगाडि बढेको छ ।
मुख्य नाकामा बन्यो पक्की पुल
गाउँपालिकाभित्र ४१९ कच्ची किलोमिटर सडक निर्माण भएको छ । सडक निर्माणसँगै गाउँपालिभित्र जोडने पक्की पनि निर्माण भएको हो । गाउँपालिका जोडने सदरमुकाम मन्थलीमा तामाकोसीको पुल र भटौलीमा निर्माण भएको पुल सञ्चालनमा आइसकेको छ । त्यसैगरी सित्खाको पक्की पुल पनि केही बर्षबाट सञ्चालनमा आएको छ ।
सुनकोसीस्थित खैरेनीघाटको पुल यसै बर्ष सञ्चालनमा आउने गरी धमाधम निर्माण भइरहेको छ । अब गाउँपालिकाबाट राजधानी काठमाडौं र सदरमुकाम मन्थली जानको लागि बर्षाको समय पनि कुनै कठिनाई नभएको गाउँपालिकाका अध्यक्ष प्रेम बहादुर तामाङले रामेछाप न्युजसँग भने ।
उनका अनुसार सित्खा भोटनागी सडक अन्तर्गत भटौल्ीका धुलेवेसीमा पनि पक्की पुल निर्माण सम्पन्न भइसकेको छ । गाउँपालिकाभित्र टिमु खोलामा पुल निर्माण गर्नको लागि डिजाइनको काम भइरहेको बताउदै अध्यक्ष तामाङले अब गाउँपालिकाभित्र पक्की पुलका आवश्यकता नरहेको बताए । पुल नहुँदा बर्षाको समयमा आवतजावत गर्न कठिनाई झेल्दै आएका खाँडादेवीवासीले अब बर्षको समयमा पनि राजधानी काठमाडौं । सदरमुकाम आउन जान सहज भएको भएको छ ।