कपडा पेलेरै महिनाको २ लाख कमाउछन रामेछापका आले, किन जानु विदेश ?
राजन महतारा क्षेत्री
४ जेठ, रामेछाप । स्वेदशमा रोजगारी नपाएको भन्दै युवाहरु विदेश जाने क्रम बढ्दो छ । विदेश जाने मोहको कारण गाउँघर प्रायः रित्तो हुने अवस्थामा पुगेका छन् । युवाहरु विदेश जाने क्रम बढेसँगै गाउँघरमा खेतवारी बाझो बनेका छन् । रोजगारी अभावमा विदेश जाने होड चलिरहेको बेला रामेछापका एक युवाले पनि उदाहरणीय काम गरेर स्वेदशमा नै राम्रो आम्दानी गर्न सकिने प्रमाणित गरेका छन् ।
रामेछाप जिल्लाको सदरमुकाम मन्थली बजारको प्रवेशद्धारा रणजोर खोलाको पुलको मुखमै छ पशुपति कटान कपास उद्योग छ । जस्तापाताले बारेर बनाएको लामो टहरो त्यहीँ टहरोभित्र ग्राहकले सिरक डस्ना बनाउन ल्याएका पुराना लुगा कपडा पेल्दै पशुपति आलेले भने,‘रोजगारी पाइएन भनेर विदेश जानु पर्दैन, आँट र सिप हुने हो भने देशभित्र नै राम्रो कमाइ हुन्छ ।’
रामेछाप नगरपालिका–७ सुकाजोर घर भएका आलेले पशुपति कटान कपास उद्योग खोलेको १७ महिना भयो । वैदेशिक रोजगारको शिलशिलामा ६ वर्ष विदेशमा आले विदेशमा स्काईफोेल्ङि काम गरे । १२ घण्टासम्म विदेशको तातो घाममा फलामको डन्डिहरु जोडर अग्ला–अग्ला टावर बनाउनु पर्ने काम हो स्काईफोल्ङि ।
एसएलसी सम्म अध्ययन गरेका आले नेपालमा सरकारी जागगिर खाने रहर भएपनि बाँध्यताको कारण कतार जाने निधो गरेका थिए । कतारमा भनेजस्तो काम र दाम नपाएपछि उनी पुनः नेपाल फर्किए । नेपाल फर्कदा केही गरम जस्तो लागेको भएपनि केही सम्भावना नदेखेर फेरी उनी कुवेद पुगे । बर्मा गए कर्मसँगै भनेझैं त्यहाँ पनि सोचे जस्तो कमाई नभएपछि आले नेपाल फर्केर नयाँ काम र धेरै दाम कमाइने व्यवसायमा गर्नको लागि धेरै समय भौतारिए ।
अन्ततः उनले भिनाजुले गर्दै आएको व्यवसाय कपास उद्योगमा काम गर्ने योजना अगाडि सारे । जुन योजनाले उनको जीवनमा निकै ठूलो परिवर्तन ल्यायो । काम गर्न धेरै मानिसहरु पनि नचाहिने, लगानी पनि धेरै गर्नु नपर्ने भएपछि सदरमुकाम मन्थलीमा खाली जग्गा भाडामा कटान कपास उद्योग खाले । यो व्यवसाय रामेछाप जिल्लाको लागी एउटा नयाँ व्यवसाय थियो ।
मानिसहरुले लगाएर पुराना भयो भनेर फाल्ने अनि जलाउने कपडाहरुलाई प्रशोधन गरी नयाँ सिरक डस्ना, सिरानी, तकिया, पल्ला बनाउने व्यवसाय सुरु गरेको केही महिनामै केही गर्न सकिने रहेछ भन्ने विश्वास मनमा गाजेको बताउदै उहाँलाई नेपालमै केहि गर्न सकिने रहेछ भन्ने कुराको विश्वास लाग्यो । आलेले व्यवसाय सुरु गरेको केहि महिनासम्म त उनलाई भ्याई नभ्याई भयो ।
कमाई पनि महिनाको २ देखि साँढे दुई लाखसम्म । ३ जना कामदार राखेर पनि आफु काममा खटिँदा समेत कामको निकै चाप हुने उनी बताउछन् । ग्राहको आवश्यकतालाई हेरेर होमडेलिभरी सहितको सेवा आलेले दिदै आएका छन् । रामेछाप जिल्लाका विभिन्न ठाउँबाट सिरक डस्ना लगायतका सामग्रीहरु बनाउन थुप्रै पुराना कपडाहरु आउने गरेको उनले बताए ।
धेरै खटनु पनि नपर्ने परिवारसँगै बसेर अहिले पनि महिनामा १ लाख देखि डेढ लाखसम्म कमाई गर्दै आएको छु, आलेले थपे,‘म विदेशमै काम गरेर बसेको भए मैले यतिको प्रगती गर्ने थिइन ।’ ओलेको परिवारमा उनकी श्रीमती र एक छोरी छन ।