खाँडादेवी गाउँपालिकाको नीति तथा कार्यक्रमः केबलकार निर्माणलाई प्राथमिकता (पूर्णपाठसहित)
११ असार, रामेछाप ।
खाँडादेवी गाउँपालिकाले सित्खादेखि खाँडादेवी मन्दिरसम्म केबलकार निर्माणलाई उच्च प्राथमिता दिएर नीति तथा कार्यक्रममा समावेश गरेको छ । गाउँपालिकाले बिउ पूँजीको व्यवस्था मिलाउने समेत कार्यक्रममा समेटिएको छ ।
नीति तथा कार्यक्रममा सित्खा–खाँडादेवी केबलकार निर्माणको डिपिआर तयार भई प्रतिवेदन प्राप्त पश्चात् संघ, प्रदेश, नीजि, गैर सरकारी र सहकारी क्षेत्रको लगानी जुटाउने पहललाई तिव्रता दिने उल्लेख गरिएको छ ।
खाँडादेवी गाउँपालिकाका अध्यक्ष प्रेम बहादुर तामाङले गाउँपालिकाले केबलकार निर्माणको लागि लविङ गर्ने रामेछाप न्युजलाई बताए । ‘केवलकार निर्माणको लागि गाउँपालिकाले यथासम्भव लगानीको प्रारम्भिक विउपूँजीको व्यवस्था मिलाउनेछ’, उनले भने,‘खाँडादेवी केबलकार प्रालिलाई सशक्त रुपमा अघि बढाउन तथा लगानी मैत्री वातावरण निर्माण गर्न कुनै कसर बाँकी राखिने छैन ।’
यस्तो छ खाँडादेवी गाउँपालिकाको नीति तथा कार्यक्रम (पूर्णपाठसिहत)