रामेछापमा आगलागीः घरभित्र निदाएकी तामाङ आगोसँगै जलिन



२१ वैशाख, रामेछाप ।
रामेछाप जिल्लामा आगलागीको घटना दिनप्रतिदिन बढदै गएको छ । आगलागीको कारण जनधनको क्षति हुने क्रम बढेको हो । गत राती रामेछाप नगरपालिका–८ चौकीटारस्थित काउले सामुदायिक जंगलमा लागेको आगो र हावाँहुरिको कारण ३२ बर्षिय रमिता तामाङको सुतेकै ठाउँमा घर भित्र जलेर मृत्यु भएको छ ।

रातीबाट लागेको आगो आज बिहान स्थानीय र सुरक्षाकर्मीले नियन्त्रणमा लिएर खोजतलास गर्ने क्रममा तामाङको आगोले डरेको अवस्थामा टाउकोको अस्तिपञ्जर मात्र फेला परेको थियो । आगलागीको कारण उक्त घरभित्र रहेको ४८ वटा बाख्रा जली मरेको,र दुई वटा गोरु जली घाईते भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । आगलागीमा परी ३५ हजार नगदा समेत जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्