भरुवा बन्दुक पडकिदा रामेछाप च्यास्कुका तामाङ घाइते



२ जेठ, रामेछाप ।
रामेछाप नगरपालिका वडा नम्बर ६ च्यास्कुका ५२ बर्षिय राम बहादुर तामाङ भरुवा बन्दुक पडकदा गम्भीर घाइते भएका छन् । भरुवा बन्दुक खेलाउने क्रममा पड्कदा बन्दुकको छर्रा पेटमा लागेर गम्भीर घाइते भएका हुन् । जिल्ला अस्पताल रामेछापडाँडामा सामान्य उपचार पश्चात थप उपचारको लागी पाटन अस्पताल काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय रामेछापले बताएको छ । प्रहरीले १ नाल भरुवा बन्दुक र हतियारमा प्रयोग हुने बारुद जस्तो देखिने धुलो पर्दाथ समेत बरामत गरेर अनुसन्धान अघि बढाइएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्