ललितपुरमा सुन र धनमाल चोरेर भागेका थापामगर रामेछापबाट पक्राउ
५ जेठ, काठमाडौं ।
एक महिना अघि ललितपुर महानगरपालिका–२१ खोकना स्थित नवराज गुरुङ्गको घरबाट सुन चाँदीका गरगहनाहरु, नगद तथा आईफोन लगायतका सामान चोरेर फरार भएका दुई व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । रामेछाप दोरम्बा शैलुङ गाउँपालिका–४ गौश्वारा घर भई ललितपुर खुमलर बस्ने बर्ष ३७ बर्षिय कमल थापा मगर र सोही ठाउँका ३५ बर्षिय धनलाल थापामगर प्रहरीले पक्राउ गरेको हो ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीको टोलीले चोरीमा संलग्न भएको प्रमाणसहित धनलाल थापा मगरलाई ललितपुरको भैसेपाटीबाट र कमल थापा मगरलाई गौश्वराबाट पक्राउ गरिएको हो । अनुसन्धानको क्रममा चोरी भएका धनमाल खरिद गर्ने सिन्धुपाल्चोक जिल्ला मेलम्ची नगरपालिका–६ बतासे स्थायी वतन भई काठमाण्डौ जिल्ला बुढानिलकण्ठ नगरपालिका–११ कपन बस्ने सुवास सुनार र सिन्धुपाल्चोक जिल्ला मेलम्ची नगरपालिका–५ शिखरपुर घर भई काठमाण्डौ जिल्ला कागेश्वरी मनोहरा नगरपालिका–६ मुलपानी स्थित सुनचाँदी पसल संचालन गरी बस्ने ४१ को रेशम बिकलाई पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय ललितपुरमा पठाइएको छ ।
चोरी भएका मध्ये आईफोन मोबाईल किनबेच गर्ने काठमाण्डौ जिल्ला टोखा नगरपालिका– ३ स्थायी घर भई काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका –२२ न्यूरोड ताम्राकार कम्पलेक्सका संचालक योगेश डाँगी र सप्तरी जिल्ला सुरुगा–२ स्थायी वतन भई काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका– १४ कलंकी बस्ने बर्ष २२ मोहम्मद समिरलाई समेत अनुसन्धान कार्य भई रहेको प्रहरीले पक्राउ गरेको छ ।