रामेछापको गौरीशकंर माविमा अमेरिकी राजदुत बेरी, विद्यार्थी खुसीले दंग



राजन महतारा क्षेत्री
१८ मंसिर, रामेछाप । भुकम्पको कारण भत्किएको रामेछाप जिल्लाकै पहिलो विद्यालय गौरीशकंर माविको नयाँ स्वरुप पाएको छ । पुनिर्माण प्राधिकरण अन्तर्गत केन्द्रीय आयोजना कार्यन्वयन इकाइ (शिक्षा )का आयोजनाले गौरीशकंर मावि निर्माण गरेको हो ।


भवन हस्तान्तरण कार्यक्रममा अमेरिकी राजदुत ¥यान्डी बेरी पनि सहभागी हुनुहुन्थ्यो । कार्यक्रमलाई सम्बोधन गर्दै अमेरिकी राजदुत बेरीले २०७२ को भुकम्प पश्चात प्रभावित नेपाली नागरिकहरुको उद्धार र सहयोगमा अमेरिकी सरकारले १९ करोड अमेरिकी डलर भन्दा बढी लगानी गरिसकेको बताउनुभयो ।

नेपालका ४३ हजार घर परिवारलाई आधुनिक तथा सुरक्षित घर पुननिर्माणमा सहयोग गरिसकेको छौ, उहाँले भन्नुभयो । राजदुत बेरीले सुरक्षित पुननिर्माणको कार्यमा नेपाल सरकार र नेपालीहरुसँग सहकार्य गर्न पाउँदा अमेरिका गौरवाविन्त रहेको बताउदै आगामी दिनहरुमा पनि नेपालको शैक्षिक क्षेत्रमा धेरै सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
केन्द्रीय आयोजना कार्यन्वयन इकाइ (शिक्षा )का आयोजना प्रमुख निर्देशक इमनारायण श्रेष्ठले अमेरिकन सहयोगमा करडौँ खर्च गरेर निर्माण भएका भवनहरु समय समयमा मर्मत सम्भार गरिरहनु पर्ने हुनाले स्थानीय सरकारले मर्मत सम्भारको जिम्मेवारी लिनुपर्ने बताउनुभयो ।


उक्त कार्यक्रम रामेछाप नगरपालिकाका नगर प्रमुख नर बहादुर मगरले करडौँ रकम खर्च गरेर नयाँ बनाइएका विद्यालय भवनको रेखदेख र समय समयमा मर्मत सम्भारमा नगरपालिका सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । विद्यालयको संरचनाको रेखदेख र सुरक्षाका लागि रामेछाप नगरपालिकाले सिसि क्यामेरा जडान गर्ने उहाँले बताउनुभयो ।


गौरीशंकर माविका प्रअ निर बहादुर कार्कीले आफुहरुले परिकल्पना गरेको विद्यालय भवन बनेकोमा खुसी व्यक्त गर्दै सुन्दर र आकर्षक विद्यालय भवन जस्तै विद्यालयको शैक्षिक गुणस्तरमा पनि आमुल परिवर्तन ल्याउने दावी गर्नुभयो ।
विद्यालय भवन हस्तान्तरणः
विद्यायलमा आयोजित एक कार्यक्रमकाबीच नयाँ निर्माण भएको विद्यालय भवनको चावी हस्तान्तरण गरिएको छ । केन्द्रीय आयोजना कार्यन्वयन इकाइ (शिक्षा )का आयोजना निर्देशक इमनारायण श्रेष्ठले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पवित्रा श्रेष्ठ र रामेछाप नगरपालिकाका नगर प्रमुख नर बहादुर मगरलाई संयुक्त रुपमा चावी हस्तान्तरण गर्नुभएको हो ।


२०७२ सालको विनाशकारी भुकम्पमा ध्वस्त भएको रामेछाप जिल्लाको पहिलो माध्यमिक विद्यालय गौरीशंंकर माविको एशियाली विकाश बैँक र अमेरिकी विकास नियोगको आर्थिक सहयोगमा पक्की सुविधा सम्पन्न आधुनिक भवन बनेको छ । रामेछाप नगरपालिका–८ मा निर्मित ५ वटा भवनमा ३० वटा कोठा र २ वटा शौचालयहरु छन । खानेपानीको धारा र ट्याङकी सहित कुल लागत ११ करोड २८ लाख ३ हजार ८ सय ८२ रुपैयाँ ५० पैसामा निर्मित विद्यालय भवन अपाङ्गमैत्री र बालमैत्री बनेको छ ।


एसियाली विकास बैँकको भुकम्पिय अपातकालीन सहायता आयोजना कार्यक्रम अन्तर्गत नवनिर्मित विद्यालय भवनको निर्माण १७ महिनामा सम्पन्न भएको हो । भवनको सम्भौता ७ अप्रिल २०१७ मा र निर्माण सम्पन्न गर्नुपर्ने समय ६ जुलाई २०१८ सम्म थियो । भुकम्पले तहस नहस भएको विद्यालय भवनहरुको ठाउँमा नयाँ पक्की भवन बनेपछि विद्यार्थी अभिभावक र शिक्षकहरु खुसी भएका छन् । भुकम्प गएको तीन वर्षसम्म अस्थायी टहरामा पठनपाठन गर्दै आएका विद्यार्थीहरु खुसीले दंग भएका छन् ।

प्रतिक्रिया दिनुहोस्