एक विद्यालय एक नर्स कार्यक्रमः रामेछापकाे मन्थली माविमा पनि नर्स
२० मंसिर, हैटौडा ।
प्रदेश नम्बर सरकारले प्रदेश अन्तर्गत २० सामुदायिक विद्यालयमा ‘एक विद्यालय एक नर्स’ कार्यक्रम सञ्चालन गरेको छ । विद्यालय तहबाटै बालबालिकालाई स्वस्थ जीवनशैली अपनाउन उत्पे्ररित गर्दै सीपमूलक स्वास्थ्य शिक्षा प्रदान गर्ने उद्देश्यले सामाजिक विकास मन्त्रालयले कार्यक्रम शुरु गरेको हो ।
पहिलो वर्ष ‘पाइलटिङ प्रोजेक्ट’ का रुपमा यो कार्यक्रम शुरु गरिएको छ । मापदण्ड पुगेका भौतिक पूर्वाधारयुक्त, विद्यार्थीको संख्या र नमूना सामुदायिक विद्यालयमध्येबाट छनोट गरिएको हो । मन्त्रालयको स्वास्थ्य महाशाखाका अनुसार चालू आर्थिक वर्षमा सिन्धुपाल्चोक चौतारास्थित कृष्णरत्न मावि, भीमटारस्थित भीमेश्वर मावि, सिन्धुली फ्रोसेटारस्थित जनज्योति मावि, रसुवा कालिकास्थानस्थित कालिका हिमालयन मावि, रामेछापस्थित मन्थली मावि, नुवाकोट तुक्सारस्थित विन्दुकेशर मावि र त्रिभुवन मावि (त्रिशूली) मा कार्यक्रम लागू गरिएको छ ।
त्यस्तै मकवानपुरको बकैयास्थित महेन्द्र मावि, हेटौँडास्थित आधुनिक मावि, ललितपुरको आदर्शसोल मावि, त्रिपद्मा विद्याश्रम मावि, काभे्रपलाञ्चोकको ढुङ्गेखकस्थित पार्वती मावि, काठमाडौँ पाँगास्थित जनसेवा मावि, पद्मकन्या मावि, दोलखाको हनुमन्तेश्वर मावि, चितवन भरतपुरको नारायणी मावि, भरतपुरकै दुर्गा शेषकान्त अधिकारी मावि, धादिङको नीलकण्ठ मावि, बेनीघाट मावि र भक्तपुरको बागेश्वरी मावि छनोटमा परेको महाशाखाले जनाएको छ ।
प्रदेश सरकारको असोज २२ गते बसेको मन्त्रिपरिषद् बैठकले ‘एक विद्यालय एक नर्स कार्यक्रम’ सञ्चालनसम्बन्धी कार्य्विधि स्वीकृत गरेको थियो । मन्त्रालयले पहिलो चरणको कार्यक्रम प्रभावकारी भएमा आगामी वर्षदेखि सबै विद्यालयमा लागू गर्ने लक्ष्य लिएको छ ।
विद्यार्थीको स्वास्थ्य, सरसफाइ, पोषण प्रवद्र्धन, किशोरकिशोरीको यौन तथा प्रजनन स्वास्थ्यमा सुधार आउने अपेक्षा सहित यो कार्यक्रम अगाडि बढाइएको हो । कार्यक्रम मन्त्रालय, स्थानीय तह र विद्यालयबीच त्रिपक्षीय सम्झौताका आधारमा सञ्चालन गरिएको छ ।
विद्यालय नर्सले किशोर–किशोरीको प्रजनन, महिनावारी स्वास्थ्य, परिवार नियोजन, यौन तथा यौनिकताका बारेमा परामर्श, व्यक्तिगत÷वातावरणीय सरसफाइ तथा फोहरमैला व्यवस्थापन, स्वस्थकर जीवनशैली, सामान्य स्वास्थ्य परीक्षण र पोषणको लेखाजोखा प्राथमिक उपचारको व्यवस्था गर्नुपर्नेछ ।