रामेछाप रामपुरबासीका लागि भगवान बन्यो रेडक्रस



रामचन्द्र वि.क.
२१ मंसिर, रामेछाप । २०७२ सालको विनाशकारी भूकम्पको कारण देशमा ८ हजार भन्दा बढी मानिसहरुले ज्यान गुमाए । लाखौँ मानिस घरविहीन भए । त्यो दिनको कहाली लाग्दो घटना सम्झने हो भने अझै पनि सबैको जिउ शिरिङ हुन्छ । भुकम्प गएको तीन बर्ष वितिसक्दा समेत अझै पनि कयौ भुकम्प पीडितहरु खुल्ला आकाशमै जीविका चलाउदै आएका छन् । जसको कारण पीडितहरु अझै पीडित बनेका छन् ।

तर रामेछापको रामेछाप नगरपालिका–५ रामपुरका स्थानीयलाई भने भूकम्पले खुशी बनाएको छ । यो खुशी उनीहरुमा त्यतिकै आएको भने हैन् । भूकम्पपछि पीडामा परेको रामपुरबासीको लागि खुशी थप्न सहयात्री बन्यो नेपाल रेडक्रस सोसाइटी रामेछाप ।
भूकम्पबाट पीडामा परेका रामपुरबासीलाई निजी आवसमा सहयोग गर्न २०७२ साल पौषमा रामपुर पुगेको नेपाल रेडक्रस सोसाइटी रामेछापले उनीहरुको घर मत्रैै बनाएन, खानेपानी, स्वास्थ्य, जीविकोपार्जन लगायतका काममा सहयोग बनेर जीवनशैलीमा नै परिवर्तन गरेर खुसी बनाइदिएको छ ।

६३७ घरधुरीका भूकम्प प्रतीरोधी घर
नेपाल रेडक्रसले भूकम्प पश्चात ल्याएको भूकम्प प्रतिकार्य कार्यक्रम अन्तरर्गत रामपुरका ६ सय ३७ घरपरिवार मध्ये अधिकांश लाभग्राहीले भूकम्प प्रतिरोधी निजी आवसको काम सम्पन्न गरी नयाँ घरमा बसोबास गर्न थाली सकेका छन् । रेडक्रसले आर्थिक सहयोगसँगै घर बनाउनको लागि प्राविधिक सहयोग गरी उनिहरुलाई समयमै जस्ताको टहरोमा बस्नु पर्ने बाध्यताबाट मक्त गराएको छ । ‘हामी आफैले बनाउनु परेको भए यतिबेला पनि घर बन्ने थिएन’ रामपुरका सुर्ज बहादुर श्रेष्ठले रामेछाप न्युजसँग भन्नुभयो ‘भूकम्पले तहसनहस बनाएको रामपुर पचास बर्षमा पनि उठ्दैन जस्तो लाग्थ्यो, यहाँको बस्ती नै बसाइँ सरेर जाने स्थितिमा पुगेको थियो तर हाम्रा लागि रेडक्रस देउता बनेर आए जस्तै भएको छ ।, उहाँहरुलाई खुशी दिने शब्द नै छैन ।’

झण्डै गाउँ नै विस्थापित
रामेछापमा साविकका १८ वटा गाविस अति सुख्खाग्रस्त क्षेत्रभित्र पर्छ । ती मध्ये रामपुर पर्छ । भूकम्पको कारण भएका पानीका मुहान पनि धमाधम सुक्न थालेको विगतको तितो अनुभव सुनाउँदै रामपुरका कोमलदाश श्रेष्ठले भन्नुभयो,‘घर भत्केर उत्तिकै पीडामा थियौँ, त्यस पछि भएका स–साना पानीका मुहानहरु पनि सुक्न थाले । खाने पानी त नभएको बेला कसरी घर बनाउने ?, पानी अभावको पीडालाई खप्न नसकेर गाउँका धेरै मानिसहरु गाउँ नै छाडेर हिँडेका थिए ।, तर अहिले बस्नको लागि घर, घरसँगै शौचालय र पानीको धारा पनि नियमित भए पछि खुसी मात्रै हैन, गाउँ छोडेर अन्तै गएका पनि आफ्नै घर आएर आनन्द सँग बस्न पाएका छन् ।’ उहाँले खुसी हुँदै भन्नुभयो, ‘भूकम्प नगएको भए रेडक्रस पनि आउँदैन थियो होला, सायद हामीले यो पानीको मुख पनि देख्न पाउँदैन थियौ होला ।’
रामेछाप नगरपालिका, नेपाल रेडक्रस सोसाइटी र स्थानीयको संयुक्त प्रयासमा अहिले रामेछाप नगरपालिका–५ रामपुरका अधिकाशं स्थानीयको घरमा बालमैत्री खानेपानीको धारा बनेका छन् ।

पानीको कारण घरघरमा बिजुली बल्ने भो
भूकम्प अघि रामपुरको केही ठाउँमा मात्र विद्युतीकरण भएको थियो । भूकम्पले गर्दा पानीका मुहान सुक्दै जान थालेपछि गाउँमा पानी ल्याउने योजनासँगै विजुली पनि आउने निश्चित भएको खुसी सुनाउँदै रामपुरका गोपाल मगरले भन्नुभयो ‘रामपुरमा पानी ल्याउने कुरा भयो, तर बिजुली नभए पानी आउने रहेनछ, त्यसको लागि नगरपालिकाको पहलमा बिद्युत ल्याउनको लागि काम सुरु ग¥यो अहिले सबैको घरघरको छेउमा बत्तीको पोल आइसकेका छन्, अब छिट्टै बत्ति पनि बल्छ , अनि हामी सधै भरी उज्यालोमा बस्न पाउने छौँ ।’

सुन्दर वस्ती घर–घरमा सडक
भूकम्प अघि केही मुख्य ठाउँमा सडक पुगेको रामपुरमा यतिबेला प्रायः सबैको घर–घरमा मोटर बाटो समेत पुगेको छ । गाउँमा पैदल यात्र गर्दाको दुख सुनाउँदै तिर्थ तामाङ्ले भन्नुभयो, ‘भुकम्प जानु भन्दा पहिला रामपुरको अधिकांश ठाउँमा पुग्ने सडक थिएन, निर्माण सामाग्री पुर्याउन निकै अपठयारो भयो, त्यही मौका छोपी स्थानीयले घरमा बाटो पनि पुग्ने निर्माण सामाग्री पु¥याउन पनि सहज हुने भन्दै मोटर बाटो खने अहिले जसको घरमा पनि सवारी साधनहरु सहजै पुग्न सक्छन् ।, जसले गर्दा हामीले लामो समय सम्म पैदल यात्रा गर्नुपर्ने बाध्यता हटेको छ ।’ नगरपालिका, वडा र स्थानीयको नागरिकको पहल र सक्रियतामा घर–घरमा कच्ची सडक पुगेको हो ।

अकालमै ज्यान गुमाउनु पर्ने बाँध्यता हटयो
जिल्ला स्वास्थ्य कार्यालय देखि धेरै टाढा र कच्ची सडक भएको रामपुरका धेरै महिलाहरुले सुत्केरी हुने बेला धेरैले अकालमै ज्यान गुमाउनु पर्ने अवस्था थियो । भूकम्प प्रतिकार्य कार्यक्रम अन्तरर्गत नै रामपुरका महिलाले भोग्दै आएका पीडालाई कम गर्न पुनःस्थापित भवन तथा वर्थिङ्ग सेन्टर बनाएर आफूहरुलाई सहयोग गरेकामा सहयोगी संस्थालाई धन्यबाद दिँदै रामपुरकी कुमारी श्रेष्ठले भन्नुभयो,‘रामपुरबाट रामेछाप पुग्ने धेरै समय लाग्छ, भनेको बेला सवारी साधन पनि पाइदँैन, अनि महिलाले बच्चा जन्माउन नसक्दा अकालमै ज्यान गुमाउनु परेको छ, अहिले त्यो समस्या हटेको छ, हामीलाई ठुलो राहात मिलेको छ ।’ रेडक्रसको सहयोगमा निर्माण सम्पन्न भई बर्थिङ्ग सेन्टर वडालाई हस्तान्त्ररण भइसकेको छ ।

घरमै बसीबसी पैसा
निजी आवास निर्माण, खानेपानी, स्वास्थ्य सरफाई लगायतको काम गर्दै आएको रेडक्रसले आफूहरुलाई जीविकोपार्जनको बाटो पनि देखाइदिए पछि खुसीले दंग हुँदै रामपुरका केदारमान श्रेष्ठले भन्नुभयो, ‘भूकम्प नगएको हुन्थ्यो त हामीले यतिबेला केही पनि पाउने थिएनौँ, अहिले भूकम्प नै हाम्रो लागि सबै थोक भएको छ ।, बेरोजगार भएर बिदेसिनु पर्ने बाँध्यता थियो, अहिले घरमै बाख्राको खोर अनि खोरमा बाख्रा पनि छन् ।’ त्यस्तै धाराबाट खेर गएको पानीलाई प्रयोग गरेर तरकारी लगाएर पनि आर्थिक अवस्थामा सुधार ल्याएका छन् । आफैले पालेका खसी बोका अनि आफैले उत्पादन गरेको तरकारी बेचेरै आम्दानी लिन थाली सकेका छौँ, यो सबै रेक्रसको देन हो, उहाँले भन्नुभो । रेडक्रसले रामपुरका स्थानीयलाई जीविकोपार्जनमा थप टेवा पु¥याउने गरी आयआर्जनमूलक कार्यक्रममा समेत सहयोग गरेको छ ।

भूकम्प प्रतिकार्य कार्यक्रम अन्तिम चरणमा
रामेछापको रामपुरमा २०७२ सालको पौष महिनाबाट सुरु भएको निर्माणको कार्यक्रम अबधी भने अन्तिम चरणमा पुगेको छ । ‘योजना गरिएका अधिकांश क्रियाकलापहरु सम्पन्न भैसकेको छ’ भुकम्प प्रतिकार्य कार्यक्रम रामेछापका जिल्ला कार्यक्रम संयोजक जयराम बस्नेतले भन्नुभयो,‘आवास निर्माण, खानेपानी तथा सरसफाई, स्वास्थ्य र जिविकोपार्जन लगायतका समुदायले प्रत्यक्ष परोक्ष रुपमा फाइदा उठाउने योजना तथा क्षमता बिकास र सचेतनाका क्रियाकलापहरु सम्पन्न भएका छन् ।’

बस्नतेका अनुसार रेडक्रसले रामपुरमा ६३७ व्याक्तिगत शौचालय सहित निजी आवास, तीन ठुला लिफ्टिङ्ग खानेपानी योजना सहित ७ वटा खानेपानी योजना, २ वटा सिंचाई योजना, १ वटा स्वास्थ्य संस्था भवन, ५ वटा लैङ्गिक, बाल तथा अपांग मैत्री बिद्यालय शौचालय, ५ सय १० परिवारलाई तालिम सहित बाख्राको सुधारिएको खोर तथा नश्ल सुधारका लागि १० वटा बोयर जातका बोका समेत सहयोग गरेको छ । त्यस्तै आयआर्जनमा थप सहयोग पुराउन १५० घरपरिवारलाई तरकारी खेती तालिम सहित व्यावसाय संचालनका लागि बिउ पुँजी समेत उपलब्ध गराएको कार्यक्रम संयोजक बस्नेतले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्