अल्पसंख्यक थामी समुदायको हितकाे पक्षमा काम गर्छुः अध्यक्ष मोक्तान



२२ मंसिर, रामेछाप । दोरम्बा गाउँपालिकाका अध्यक्ष कमानसिंह मोक्तानले थामी समुदायको हक अधिकारको ग्यारेन्टी गर्दै थामी जातिलाई माथि उठाउन गाउँपालिकाले भूमिका खेल्ने बताउनुभएको छ । उहाँले थामी जातिहरुको धर्म संस्कृतिको संरक्षण गर्दै अल्पसंख्य समुदायको स्वास्थ्य शिक्षा र रोजगारी पहुँच बढाउन आफू प्रतिबद्ध रहेको बताउनुभएको हो । अध्यक्ष मोक्तानले भन्नुभयो,‘थामी जातिको भाषा, धर्म संस्कृति भेषभुसा र भुनिथान निर्माण गर्न गाउँपालिका प्रतिबद्ध छ ।’


दोरम्बा गाउँपालिका–१ डुडुवामा थामी समुदायद्धारा आयोजित भुमीपुत्र थामी जातिको थङमी मुन्धुम निर्माण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले अल्पसंख्यक जातिको संरक्षण र लोपउन्मुख संस्कृतिको संरक्षण गर्नु स्थानीय सरकारको दायित्व भएको बताउनुभयो ।


कार्यक्रममा नेकपा तीन नम्बर प्रदेशका प्रदेश कमिटी सदस्य तुला प्रसाद कडेलले थामी जातिको हक हितको लागि आफूले आवाज उठाउने बताउनुभयो । सरकारले नागरिकता प्राप्त गरेको अल्पसंख्यक थामीलाई मासिक एक हजार रुपैयाँ भक्ता उपलब्ध गराउदै आएको छ । दोरम्बामा डडुवामा थामी समुदायको बाहुल्यता रहेको छ । डुडुवा र दाेरम्बामा गरी करिब चार हजार भन्दा बढी थामी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्