रामेछापमा एक महिनामा ८ सय सवारी साधनमाथि कारवाही
राजन महतारा क्षेत्री
४ पुस, रामेछाप । जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापले नियम विपरीत सञ्चालन हुने ८ सय ८४ सवारी साधनलाई कारवाही गरेको छ । एक महिनाको अवधिमा जिल्लमा सञ्चालन हुने हुने ८ सय ८४ सवारी साधनलाई कारवाही गरेको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यलय रामेछाप मन्थलीले मंसिर महिना भरी १ महिनाको अवधिमा ६ लाख ६ हजार राजश्व संकलन गरेको छ । रामेछाप सरमुकाम मन्थली हुँदै चल्ने विभिन्न सवारी साधनहरुबाट यतिका रकम संकलन गर्न सफल भएको जिल्ला ट्राफिक प्रहरी कार्यलय रामेछापका प्रमुख कुशहरि भण्डारीले बताउनुभयो ।
एक महिनाको अवधीमा रामेछाप ट्राफिक प्रहरीले साना तथा ठुला गरेर ८ सय ८४ वटा सवारीलाई कार्वाही गरेर सो राजश्व संकलन गरिएको बताउदै उहाँले सवारी नियम बिपरीत सवारी चलाउने चालकहरुलाई कार्वाही गरिएको बताउनुभयो । पछिल्लो समय ट्राफिक प्रहरीले जिल्लाका विभिन्न ठाउँमा नियम बिपरित सवारी चलाउने चालक माथि कडा निगरानी बढाएको छ ।