रामेछाप छिर्यो ट्रिपर आतङक
रामचन्द्र वि.क.
८ पुस, रामेछाप । रामेछापमा ट्रिपर आतङक बढेको छ । आइतवार फेरि एक जनालेको ट्रिपरले ज्यान लिएको छ । रामेछाप लिखु तामाकोसी–४ विजुलीकोट कल्लेरीमा ट्रिपरको ठक्करबाट एक पैदलयात्री महिलाको ज्यान गएको छ भने अर्की एक जना गम्भीर घाइते भएकी छिन ।
आज बिहान पोकुखोलाबाट कल्लेरी आउँदै गरेको बा ४ ख २४२५ नम्बरको ट्रिपरको ठक्करबाट लिखुतामाकोशी–४ की ४८ बर्षकी मैना तामाङको घटनास्थलमै मृत्यु भएको छ भने सोही ठाउँकी ५० बर्षकी रत्नमाया तामाङ घाइते भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी प्रवक्ता शेख अदालतले जानकारी दिनुभयो ।
घाइते भएकी तामाङलाई उपचारको लागि सदरमुकाम मन्थली ल्याइएको बताउदै प्रवक्ता अदालतले ठक्कर दिने ट्रिपर चालक फरार रहेको र उनको खोजी कार्य भइरहेको बताउनुभयो । केही समय अघि मात्र लिखु तामाकोसी गाउँपालिकामा ट्रिपटरको ठक्करबाट एक महिलाको ज्यान गएको छ ।
रामेछापको ग्रामिण क्षेत्रमा सञ्चालन भएका ट्रिपरको कारण स्थानीयमा त्रास फैलिएको छ । ग्रामिण क्षेत्रमा सडकबाटै पैदल यात्री नै हिडनु पर्ने बाँध्यता रहेको छ । तर ट्रिपरले पैदलयात्री नै मार्न थालेपछि स्थानीयले ट्रिपर सञ्चालन गर्न नै रोक लगाउन पर्ने माग अगाडि सारेका छन् ।