सीमान्तकृत थामी समुदायको हितमा काम गछौः अध्यक्ष तामाङ



१४ पुस, रामेछाप । खाँडादेवी गाउँपालिकाका अध्यक्ष प्रेम बहादुर तामाङले सीमान्तकृत थामी समुदायको हितमा काम गर्ने बताउनुभएको छ । उहाँले थामी समुदायलाई अगाडि बढाउनको गाउँपालिकाले कार्यक्रम नै बनाएर अगाडि बढेको बताउनुभएको हो ।

अध्यक्ष तामाङले गाउँपालिकाको यस आर्थिक बर्षको नीति तथा कार्यक्रममा नै समावेश गरिएको बताउदै थामी समुदायको शिक्षा र रोजगारीको क्षेत्रलाई पहिलो प्राथमिकता दिने बताउनुभयो ।

खाँडादेवी गाउँपालिकाको केन्द्र माकादुममा शनिवारबाट सुरु भएको थामी जातिशास्त्रिय चिनारी र थामी कर्मकाण्ड ( थाङमी मुन्धुम) निर्माण कार्यक्रमको उदघाटन गर्दै अध्यक्ष तामाङले अहिलेसम्म एईई परीक्षा पास गर्न नसकेको थामी समुदायका विद्यार्थीहरुको शिक्षाकोस्तर उठाउने कार्यमा लागि पर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो,‘थामी जातिको संस्कृति, सामाजिक उत्थान र विकासको लागि हामी प्रतिबद्ध भएर लाग्छौ ।’ खाँडादेवी गाउ्रँपालिभित्र करिब ६८ घरघुरी सीमान्तकृत थामी समुदायको वसोबास रहेको छ ।

प्रतिक्रिया दिनुहोस्