सम्झौता अवधि अघि नै सम्पन्न हुँदै डिभिजन वन कार्यालय रामेछापको भवन
राजन महतारा क्षेत्री
२५ पुस, रामेछाप । विनाशकारी भुकम्पको कारण क्षति पुगेको डिभिजान वन कार्यालय रामेछापको भवन निर्माण भएको छ । रामेछाप नगरपालिका–८ रामेछापडाँडामा डिभिजन वन कार्यलयको भवन निर्माण भएको हो ।
५ करोड ७६ लाख ५४ हजार हजारमा निर्माण भएको भएको भवन एशियाली विकाश बैकको आर्थिक सहयोगमा राष्ट्रिय पुननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यन्वय इकाइको अनुदान व्यवस्थापनमा निर्माण भएको छ ।
२०७४ जेठ १७ गते निर्माण सम्झौता गरेको सुनकोशी धुलीखेल जेभी निर्माण कम्पनीले १९ महिनामा भवनको ९० प्रतिशत काम सम्पन्न भइसकेको छ । निर्माण सुरु भएको मितिले २४ महिनाभित्र भवन निर्माण काम सकिसक्नुपर्ने सम्भौता पत्रमा उल्लेख छ ।
निर्माण कम्पनीले निर्माण सम्पन्न गर्नुपर्ने समयसीमा भन्दा अगाडी नै भवन निर्माणको काम सकेर हस्तान्तरण गर्न लागेकोमा खुसी लागेको जिल्ला वन कार्यलय रामेछापका विजय कुमार शाहले बताउनुभयो । भुकम्पपछि भवनको अभावमा कामकाज प्रभावित हुने गरेको बताउँदै डिभिजन वन कार्यलय रामेछापका प्रमुख पदमराज नेपालले भवन बनेपछि कार्यालय व्यवस्थापन, कर्मचारीलाई काम गर्न सहज हुने बताउनुभयो ।
नवनिर्मित २ वटा भवनमा १४ वटा कोठाहरु रहेका छन । डिभिजन वन कार्यलय रामेछापको मातहतमा रहेर जिल्लाभर ६ वटा सब डिभिजन वन कार्यालय सन्चालमा छन ।