गैसस महासंघ सुनापतीकाे संयोजकमा ग्यापक



२८ पुस, रामेछाप ।
सुनापती गाउँपालिकास्तरीय गैर सरकारी संस्था महासंघको तदर्थ समन्वय समितिमा तारा बहादुर ग्यापक चयन भएका छन् । गैसस महासघ नेपाल जिल्ला शाखा रामेछापको आयोजना तथा सुनपाती गाउँपालिकाको समन्वयमा ग्यापकको संयोजकत्वमा सात सदसीय तदर्थ समिति बनेको हो ।


निर्विरोध रुपमा चयन भएका सदस्यहरुमा सीता मोक्तान, निर्मला लामा, धु्व खड्का, दोर्जे लामा, गम बहादुर थिङ र लाल बहादुर तामाङ रहेका छन् ।

कार्यक्रम सुनापती गाउँपालिकाको अध्यक्ष धावा लामा, उपाध्यक्ष गिता विष्ट, प्रमुख प्रशासकीय अधिकृत सुनिल निरौला, सुनापती गाउँपालिकाका–१ गुन्सीका वडा अध्यक्ष चण्डेश्वर चौलागाई, वडा नम्बर ३ हिलेदेवीका वडा अध्यक्ष बाबुराम तामाङ गैसस महासंघ नेपाल जिल्ला शाखा रामेछापको अध्यक्ष भुबन कुमार श्रेष्ठ लगायतको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
BkNuNgaUmf7Wu3z, zW3s, G6SKGEfseSPu4, kKXpw, WtC4VNnnDjgR04, 88hjfJFqwfaPvqQ, OQjeK0CaMOXpeO3k, h6yD7HP, ltXN9TePICYj6f4W, 7M65xORFm