रामेछाप जिल्लामा शव वाहन नहुँदा पीडित परिवारलाई सास्ती
राजन महतारा क्षेत्री
३ माघ, रामेछाप । रामेछाप जिल्लामा शव वाहन नहुँदा समस्या भएको भन्दै स्थानीयले गुनासो गरेका छन् । जिल्ला अस्पतालमा समेत शव वाहन नहुँदा अस्पतालमा मृत्यु भएका आफन्तलाई सार्वजनिक सवारीमा राख्नुपर्ने भएकाले समस्या भएको मृतकका आफन्तहरुले गुनासो गरेका छन् ।
जिल्ला बाहिर उपचारका लागि लगिएका आफन्तहरुको मृत्यु हुँदा समेत निजी सवारीमा शवलाई राख्नुपर्ने बाँध्यता रहेको छ । निजी सवारी साधनले समेत शव बोक्न नमान्दा समस्या भएको रामेछाप नगरपालिका वडा नम्ब ७ का वडा अध्यक्ष समिर काकीले गुनासो गर्नुभयो । जिल्ला अस्पताल रामेछापमा समेत एउटा पनि शव वाहन नुहँदा समस्या हुने गरेको छ ।
जिल्लामा १ वटा मात्रै शव वाहन हुने हो भने पनि सजिलो हुने जिल्ला प्रहरी कार्यलय रामेछापका प्रमुख प्रहरी नायब उपरीक्षक अमिरेन्द्र बहादुर सिंहको भनाइ छ । उहाँले भनुभयो कुनै जिल्लाका मानिस रामेछापमा मृत्यु हुँदा सम्बन्धित ठाउँमा शव पठाउन र अरु जिल्लाबाट रामेछाप जिल्लाका कोही मानिसहरुको मृत्यु हुँदा जिल्लामा शव ल्याउन निकै समस्या छ ।
जिल्ला अस्पताल रामेछापका अध्यक्ष रोशन पाख्रिनका अनुसार जिल्ला अस्पताल रामेछापमा शव वाहन ल्याउनको लागि आफु जिल्ला अस्पताल विकास समिति रामेछापको अध्यक्ष भएदेखि लागि परेको बताउनुभएको छ ।
जिल्ला अस्पतालमा शव बाहन ल्याउने सम्बन्धि छलफल प्रदेश कार्यलमा भइरहेको उहाँले बताउनुभएको छ । अध्यक्ष पाख्रिनका अनुसार रामेछाप बजार र मन्थलीमा २ वटा शव वाहन आवश्यक छ । जिल्ला समन्वय समिति रामेछापका प्रमुख प्रेम बहादुर खड्काले जिल्लाका स्थानीय तहहरुलाई शव वाहन किन्नको लागि आफुहरुले आग्रह गरिरहेको र मन्थली नगरपालिकाले शव वाहन किन्ने प्रक्रिया समेत अगाडी बढिसकेको उहाँले बताउनुभयो ।