रामेछापमा सरकारले दिने अनुदान बास्तविक उद्यमीले नपाएको गुनासो



रामचन्द्र वि.क.
७ माघ, रामेछाप । रामेछापका उद्योगीहरुले उद्योग प्रवद्र्धनको लागि सरकारले चासो नदिएको गुनासो गरेका छन् । साना उद्योगबाट समृद्ध जिल्ला बनाउन सकिनेतर्फ सकारले कुनै चासो नदेखाएको कारण उद्योग संचालनमा लागेका केही उद्योगीहरुलाई समेत काम गर्ने जोस मरेर जान थालेको गुनासो गरेको हुन् ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले सोमबार मन्थलीमा आयोजना गरेको विश्व व्यापार संगठनको स्थानीयकरण एवं व्यापार सहजीकरण सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रममा सहभागी उद्योगीहरुले यस्तो गुनासो गरेका हुन् । रामेछापमा लामो समयदेखि ढाका कपडाको उद्योग संचालन गरिरहेका शेर बहादुर मगरले आफ्नो उद्योगबाट उत्पादन हुने बस्तु गुणस्तरिय भए पनि अन्य मुलुकबाट आउने ढाकाका सामाग्रीले आफूले उत्पादन गरेका बस्तु ओझेलमा परेको बताए ।

उनले सरकारले त्यसको मर्म नबुझेकाले कुनै दिन उद्यो गनै बन्दा गर्नु पर्ने बाँध्यता आउने बताए । त्यसैग्री ह्याचरी उद्योगी रुद्र कुमार श्रेष्ठले सरकारले उद्योगीलाई दिने अनुदानबाट बास्तविक किसान भन्दा अरु व्यक्ति मोटाउने गरेकाले त्यस्तो अनुदानले विकृति फैलाएको भन्दै अनुदान रोक्न सरकालाई आग्रह गरे । उनले बास्तविक किसानको पहिचान गरी अनुदान नभइ सहुलियत ब्याजदरमा ऋण दिए किसानहरु उद्योगतर्फ आकार्षित हुने भन्दै उद्योग खोल्न चाहने उद्योगीलाई सहुलियत ब्याजदरको ऋण दिन आग्रह समेत गरे ।
त्यस्तै अन्य सहभागीहरुले लिल्लामा उत्पादन भएका बस्तुलाई अन्र्तराष्ट्रिय बजारमा सहजै विक्री हुने वातवरण मिलाइदिन सरकारसँग माग गरेका छन् ।
अन्र्तक्रिया कार्यक्रममा रामेछाप उद्योग वाणिज्य संघका अध्यक्ष श्याम थापाले उद्योगी तथा व्यावसायीले सरकारसँग राखेका मागहरुको बिषयले वाणिज्य संघको गम्भिर ध्यानकार्षण भएको बताए । अध्यक्ष थापाले उद्योगी तथा व्यावसायीको मागलाई संवोधनको लागि सरकासँग माग समेत गरे ।
अन्र्तक्रियामा बोल्दै मन्थली नगरपालिकाका नगर प्रमुख रमेश कुमार बस्नेतले जिल्लाभित्र उत्पादन हुने बस्तुलाई नेपालमै सहज रुपमा खपत गर्नको लागि आयतलाई विस्थापित गर्ने निति बनाउन सकेको खण्डमा मात्रै नेपाली उत्पादनले बजार पाउने बताए ।


छलफलमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिब रामकृष्ण अधिकारीले विश्व व्यापार संगठनमा स्थानीयकरण एवं व्यापार सहजीकरण सम्बन्धी प्रस्तुती गरेका थिए । त्यस्तै रामेछाप उद्योग वाणिज्य संघका महासचिब जगन्नाथ दाहालले सम्बृद्ध रामेछाप निर्माणको लागि जिल्ला भित्र भएका सम्भावना सहितको वस्तुस्थितिको बारेमा प्रस्तुती गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्