आहा ! सैलुङमा हिउ खेल्ने पर्यटकको घुइँचो (फोटोफिचर)



१० माघ, रामेछाप ।
रामेछाप र दोलखाको सीमा पर्यटकीय क्षेत्र सैलुङमा हिउ परेपछि हिउ खेल्ने पर्यटकहरुको घुइँचो लागेको छ । पानी परेसँगै सैलुङमा हिउ खेल्ने पयर्टकको भिड बढेको दोरम्बा गाउँपालिकाका अध्यक्ष कमानसिंह मोक्तानले रामेछाप न्युजलाई बताए । उनले भने,‘सूलुङमा हिउ खेल्न आन्तरिक र बाह्य पर्यटक आउने क्रम बढेको छ ।’
दोरम्बा गाउँपालिका–२ दोरम्बाका वडा अध्यक्ष खड्ग बहादुर श्रेष्ठले पर्यटकीय गन्तव्य गाउँ दोरम्बा हुँदै सैलुङमा हिउ खेल्ने पर्यटकको संख्या बढेको बताए । उनले अझै केही दिन हिउ बस्ने भएकाले पर्यटकको संख्या बढने जानकारी दिए ।
८ फोटोमा हेर्नुहोस सैलुङको हिउ परेको दृष्य

प्रतिक्रिया दिनुहोस्