दुष्प्रचार नगर्न खाँडादेवी गाउँपालिकाको चेतावनी (विज्ञप्ति सहित)
१२ माघ, रामेछाप ।
खाँडादेवी गाउँपालिकाले गतल हल्ला नफैलाउन चेतावनी दिएको छ । आधारहिन विषयमा तथ्यहिन विषयवस्तुलाई भ्रम सृजना गरेकोप्रति आपत्ति जनाउदै गाउँ कार्यपालिकाको बैठकले यस्तो चेतावनी दिएको हो ।
गाउँ कार्यपालिकाको बैठक पछि गाउँपालिका अध्यक्ष प्रेमबहादुर तामाङद्वार जारी विज्ञप्तिामा गाउँपालिकाको कर्मचारी नियुक्ति प्रक्रियाको बारेमा केही सञ्चारमाध्यम र सामाजिक सञ्जालमा आएका विषयमा कुनै सत्यता नभएको बताएका छन् । उनले सत्य तथ्य नबुझि अनर्गल र बनावटी प्रचार गरी भ्रम सिर्जना नगर्न पनि चेतावनी दिएका छन् ।
गाउँपालिकाको लागि नेपाल सरकार मन्त्रीपरिषदबाट स्वीकृत प्रविधिक पदहरुपशु चिकित्सक, सूचना अधिकृत, अमिन लगायत रिक्त दरबन्दीमा नेपाल सरकारबाट पदपूर्ति गर्ने निर्णय भए अनुसार रिक्त दरवन्दीको पदपूर्तिको लागि राष्ट्रिय दैनिकमा सूचन प्रकाशित गरि प्रचलित नियम, कानुन र कार्यविधि अनुसार छनौट गरि नियुक्ति गरिएकोमा गाउँपालिका अध्यक्षका आफन्तलाई नियुक्ति गरिएको भन्ने भ्रम पैmल्याउने काम भएको विज्ञप्तिमा जनाइएको छ ।
विज्ञप्तीमा भनिएको छ, यस सम्बन्धमा सत्य तथ्य बुझेर मात्रै सम्बन्धि सञ्चारमाध्यमलाई समाचार सम्प्रेषण गर्न गाउँपालिकाले आग्रह गरेको छ । अन्यथा गाउँपालिकाको गरिमा र मर्यादामा आँच पुर्याउने उपर कानुनी प्रक्रियामा जान बाँध्य हुनेछ ।