जीवन बचाउने पाँच उपाय सिक्दै प्रहरी
रामचन्द्र वि.क.
२६ माघ, रामेछाप । सामान्य कुरा थाहा नहुँदा मान्छेको ज्यान नै जान सक्छ । हाम्रै आँखा अगाडी सामान्य भन्दा सामान्य कारणले दर्गा कुनै बेला मानिसको ज्यान नै गएको पनि देखेका छौँ । यसरी विभिन्न कारणले ज्यान गुमाउनु परेका मानिसको ज्यान बचाउन सहयोग पु¥याउने उद्देश्यले हातेमाले अभियान नेपालले पाँच उपायको बारेमा प्रहरीहरुलाई तालिम दिएको छ । समुदाय सँग प्रत्यक्ष सम्पर्कमा रहने ट्राफिक प्रहरीलाई हातेमालो नेपाल अभियानकी अध्यक्ष तथा तामाकोशी सहकरी अस्पतालमा कार्यरत डा. लक्ष्मी पन्थीले तालिम दिनुभयो ।
खाना खाँदै गर्दा घाटीमा अड्किदा र सर्किदा, हर्टयाट्याकको लक्षण देखिदा, चोट लागेर रगत बग्दा, एक्कासी बेहोस हुँदा र अन्तिम चरणको हर्टयाट्याक हुँदा आपतकालिन अबस्थामा अपनाउनु पर्ने विधि र तरिकाको बारेमा डा. पन्तीले तलिममा जानकारी गराएकी छिन् । शनिबार मन्थलीमा दिएको तालिममा करिब १५ जना प्रहरी र ट्राफिक प्रहरीको सहभागिता रहेको थियो ।
तालिम पश्चात तालिममा सहभागी प्रहरीहरुले आफ्नै आँखा अगाडी आपतकालिन घटनामा मान्छेको ज्यान जाँदा समेत आफूहरुलाई प्राथमिक उपचारको बारेमा थाहा नहुँदा चुप लागेर बस्नु पर्ने बाध्यता रहेको सुनाउँदै तालिमले धेरै सहयोग पुगेको बताए ।
तालिम पश्चात स्वयमसेवी रुपमा डा. पन्तीको पहलमा आपतकालिन अवस्थामा चाहिने करिब १५ हजार बराबरको विभिन्न किसिमका औषधी पनि ट्राफिक प्रहरीलाई प्रदान गरिएको छ ।
‘तपाई पाँच जनाको जीवन बचाउन सक्नुहुन्छ’ भन्ने नाराका साथ संचालन गरिएको अभियानले यस अघि पनि रामेछाप लगायतका विभिन्न जिल्लामा तालिम चलाएको डा. पन्थीले बताउनु भयो । पोखरामा दर्ता भएको हातेमालो नेपाल अभियानले आगामी दिनमा पनि यो अभियान जारी राख्ने उहाँको भनाइ रहेको छ ।