दोरम्बा गाउँपालिकाको केन्द्र टोकरपुरमा जानीजानी लगाइयो आगो !



रामेछाप, ३ फागुन । सुख्खा याममा जताततै डढेलो लागी रहेको बेला डढेलो कम गर्ने तरिका तथा कतै आगलागी भइहाले नियन्त्रणलमा लिने विधिको बारेमा स्थानीयहरुलाई जानकारी गराइएको छ । रामेछापको दोरम्बा गाउँपालिका–३ टोकरमा स्थानीय विपद् ब्यबस्थापन समितिको आयोजना र पहाडी समाज कल्याण केन्द्रले सचालन गरेको सबल कार्यक्रम अन्तरगतको कार्यक्रममा उक्त कुराको जानकारी गराइएको हो ।


विपद् पूर्वतयारी, हामी सबैको जिम्वारी, विपद् प्रतिकार्यका लागि आगो लागि तथा पहिरोमा आधारित वडास्तरीय कृत्रिम घटना नमूना अभ्यास गराइएको हो । वडा नम्बर ३ का वडा अध्यक्ष लालबदन थापा मगरको अध्यक्षता, दोरम्बा गाउँपालिकाको अध्यक्ष कमान सिह मोक्तानको प्रमुख आतिथ्यता तथा उपप्रमुख कृशला घिसिङको विशेष अतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा दोरम्बा गाउँपालिकाका जनप्रतिनिधि र स्थानीयको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्