तरुण दल रामेछाप नगरपालिकाको अध्यक्षमा तामाङ



७ फागुन, रामेछाप ।
नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दल रामेछाप नगरपालिकाको तर्दथ समितिको अध्यक्षमा सन्तोष तामाङ चयन भएका छन् । मंगलवार सम्पन्न नगरपालिकाको भेलाले तामाङको नेतृत्वमा १२ सदस्यीय नयाँ कार्य समिति चयन गरेको हो ।


नयाँ कार्य समितिको उपाध्यक्षमा राकेश थापा मगर , महिला उपाध्यक्षमा विमला कार्की ,सचिवमा रामकुमार कार्की, सह सचिवमा कृष्ण कार्की , महिला सह सचिवमा समिता विक , कोषाअध्यक्षमा सुवर्ण थापा मगर, सदस्यहरुमा गणेश कार्की, सुजन कार्की, अम्बिका श्रेष्ठ, छविराम थापा मगर, गुणराज सुनुवार, ठाकुरमान मगर, प्रेम बहादुर थापा मगर, जानुका श्रेष्ठ, राजकुमार हायु, तिर्थ तामाङ, संजिव शाही, लक्षमण खड्का, गंगा बहादुर तामाङ , रविन घिसिङ , आर्यन बस्नेत र सौगात श्रेष्ठ चयन भएका छन ।
रामेछाप नगरपालिकाका सबै वडाहरुबाट प्रनिधित्व हुने गरी कार्य समिती बनाइएको नेपाल तरुण दल रामेछाप नगरपालिका अध्यक्ष सन्तोष तामाङले बताए । उनका अनुसार भेलामा नेकपाका १८ जना कार्यकर्ता नेपाल तरुण दल प्रवेश गरेका छन् ।
कार्यक्रममा रामेछापका पार्टीका जिल्ला सभापति लवश्री न्यौपाने, सचिव लेखबहादुर कार्की, रामेछाप नगरपालिकाका नगर प्रमुख नर बहादुर थापा मगर, रामेछाप नगरपालिकाकी नगर उप्रमुख सृजना खड्का लगायतको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्