हेलिकोप्टर दुर्घटनामा मन्त्री अधिकारीसहित सातै जनाको निधन



१५ फागुन, काठमाडौं ।

संकृती संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारी चढेको हेलिकप्पटरमा सवार सवैको मृत्यु भएको  छ । स्थानीयबासीले घटना स्थलमा ६ ओटा लास रहेको बताएका छन् ।

ताप्लेजुङको गुराँसे डाँडा भन्दा भन्दा अलि पर काफ्ले पाटी भन्दा माथि फक्तालुङ र फुङलिङको सिमानामा पर्ने ठाँउमा दुर्घटना भएको हो । बाक्लो कुहिरो लागेको छ । स्थानीयबासिले ६ ओटा लास देखियो भनेका छन् ।

हेलिकप्टरले पनि एक चरण हेरेर फर्किएको छ । अधिकारीसहित ७ जना चढेको एयर डाइनेस्टी हेलिकप्टरमा  चालक प्रभाकर केसीसहित मन्त्री अधिकारीसहित एयर डाइनेस्टीका मालिक आङ छिरिङ शेर्पा, विरेन्द्र बुढाथोकी, विरेन्द्र प्रसाद श्रेष्ठ, अर्जुन घिमिरे र युवराज दाहाल सवार थिए। पाथीभराबाट फर्किने क्रममा हेलिकप्टर दुर्घटना भएको हो ।

तेह्रथुमको चुहान डाँडा एयरपोर्ट निरीक्षणपछि मन्त्री अधिकारीसहितको टोली पाथीभरा दर्शनमा लागि गएको थियो । त्यहाँबाट फर्कने क्रममा दुर्घटनामा परेका हुन् ।घटनास्थलमा रहेका स्थानीयबासीका अनुसार हेलिकोप्टर टुक्राटुक्रा भएको छ र आगो बलिरहेको छ । 

दुर्घटनामा मृत्यु हुनेहरु ः

रविन्द्र अधिकारी : मन्त्री संस्कृति पर्यटन तथा नागरिक उड्ययन

आङछिरिङ शेर्पा : अध्यक्ष यति एयरलाइन्स

वीरेन्द्रप्रसाद श्रेष्ठ उपमहानिर्देशक नेपाल नागरिक उड्ययन प्राधिकरण

अर्जुनकुमार घिमिरे : मन्त्री अधिकारीका पिएसो

युवराज दाहाल : प्रधानमन्त्री कार्यालयका सल्लाहकार

धुब्रदास भोछिभया : इन्जिनियर नेपाल नागरिक उड्न प्राधिकरण

हेलिकप्टर क्याप्टेन : प्रभाकर केसी

प्रतिक्रिया दिनुहोस्