पैसा र पहुँच छ भन्दैमा विद्यालयमा राजनीति गर्न पाइदैनः अध्यक्ष सुनुवार
२१ फागुन, रामेछाप ।
उमाकुण्ड गाउँपालिकाका अध्यक्ष शेर बहादुर सुनुवारले विद्यालयलाई राजनीतिक थलो बनाउन नहुने बताएका छन् । समाजसेवाको नाममा नेपाली काग्रेसले विद्यायलाई राजनीतिक थलोको रुपमा प्रयोग गरेकोप्रति आपत्ति जनाउदै उनले शैक्षिक सामाग्री वितरणको नाममा हुने राजनीति स्वीकार्य नभएको बताएका हुन् ।
नेपाली कांग्रेसमा नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि भरत चौलागाईले आफू समाजसेवी भएको भन्दै रामेछापका विभिन्न विद्यालयमा कांग्रेसका नेता सहितको दलबल लिएर विद्यालयमा शैक्षिक सामाग्री वितरण गर्दै आएका छन् । त्यसैगरी उनले उमाकुण्ड गाउँपालिकाको तीन वटा विद्यालयमा शैक्षिक सामाग्री वितरण गर्ने क्रममा झण्डै झडपको अवस्था सृजना भएको छ ।
उमाकुण्ड गाउँपालिकाका अध्यक्ष सुनुवारलाई अथिति मात्र बनाएर रामेछाप कांग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेललाई प्रमुख अथिति बनाएपछि विवाद चर्किएको थियो । गाउँपालिकाका अध्यक्ष सुनुवारकै संयमताले सम्भावित झडप टरेको थियो ।
शैक्षिक सामग्री प्रदान कार्यक्रमलाई संवोधन गर्दै काँग्रेस नेता रामचन्द्र खड्काले काँग्रेसका नेता बिपी कोइरालाकै नेतृत्वमा लिएको शैक्षिक नीतिको कारण नेपालमा शैक्षिक क्षेत्रको विकास सम्भव भएको बताएका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष सुनुवारले विद्यालयमा राजनीतिक थलोको रुपमा प्रयोग नगर्न पनि चेतावनी दिए । उनले रामेछाप न्युजसँग भने,भने,‘ विद्यालयमा शैक्षिक सामाग्री वितरण गर्दा राजनीतिकरण गर्न पाइदैन, गाउँपालिकाभित्रका विद्यालयका प्रअहरुलाई राजनीतिक उदेश्यको लाागि प्रदान गरिने जुनसुकै शैक्षिक सामाग्री नलिने निर्देशन दिएको छु ’
शैक्षिक सामाग्री वितरण गर्न हुँदैन भन्ने पक्षमा आफू नरहेको बताउदै अध्यक्ष सुनुवारले शैक्षिक सामाग्री वितरण गर्नु अघि गाउँपालिकाको नियम कानुनलाई पनि ख्याल गर्न आग्रह गरे । उनले पैसा र पहुँच छ भन्दैमा आफू अनूकुलको काम गर्ने छुट कोही कसैलाई नभएको बताउदै शैक्षिक सामाग्री वितरणको नाममा नियोजित रुपमा राजनीतिक थलो बनाउने काम गलत भएको बताए ।
काँग्रेस नेता चौलागाइले उमाकुण्ड गाउँपालिकाभित्र रहेका कास्थिम माध्यमिक विद्यालय भुजी, कैलेश्वर माध्यमिक विद्यालय गुप्तेश्वर र चण्डेश्वरी माध्यमिक विद्यालय प्रितीमामा पाँच/पाँच थान कम्प्युटर र विद्यालयमा अध्यनरत विद्यार्थीलाई ट्रयाकसुट तथा शिक्षकलाई झोला वितरण गरेका छन् ।
उनले कांग्रेसका जिल्ला नेता भरत चौलागाईले सफा हृदयको साथ शैक्षिक सामाग्री वितरण गरेको हो भने कांग्रेसका नेताहरु नलिई एक्लै आउन पनि चुनौती दिए । शैक्षिक सामाग्री वितरणको नाममा एउटा व्यक्ति विशेषको चर्चा गरेर गाउँपालिको शैक्षिक सुधारको लागि थालेको कामलाई ओझेलमा नपार्न पनि अध्यक्ष सुनुवारले चेतावनी दिए । अध्यक्ष सुनुवारले गाउँपालिकाभित्र रहेका सबै विद्यालयका प्रअहरुलाई शैक्षिक सामाग्री वितरणको नाममा राजनीतिक रुपमा विद्यालयलाई प्रयोग गर्न नदिन पनि निर्देशन दिइसकेको बताए ।