राष्ट्रिय पुननिर्मार्ण प्राधिकरणको प्रमुखमा पोख्रेल



२७ पुस, काठमाडौं ।
सरकारले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृतमा डा. गोविन्द पोख्रेललाई नियुक्त गरेको छ । सरकारले सुशील ज्ञवालीलाई बर्खास्त गरेर डा. गोविन्द पोख्रेललाई नियुक्त गरेको हो । बुधबार बसेको मन्त्रिपरिषद बैठकले राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष एव प्राधिकरणकै पूर्व प्रमुख कार्यकारी अधिकृत पोख्रेललाई प्राधिकरणको सिईओमा नियुक्त भएपनि तत्कालिन सरकारले विधेयक समयमा नै संसदमा पेश नहुदा उनी पदमुक्त भएका थिए ।

काम चित्तबुझ्दो नभएको भन्दै यसअघि सरकारले सुशील ज्ञवालीसँग स्पष्टीकरण सोधेको थियो । ज्ञवालीले भने सरकारकै असहयोगका कारण काम गर्न नसकिएको स्पष्टीकरण बुझाएका थिए । तर, स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै सरकारले ज्ञवालीलाई पदबाट हटाएको हो । सरकारले दुई पटक ज्ञवालीसँग स्पष्टिकरण सोधेको थियो । ज्ञवाली केपी ओली नेतृत्वको सरकारको पालामा पुनर्निर्माण प्राधिकरणको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका थिए ।
यसअघि सुशील कोइराला नेतृत्वको सरकारले डा. पोख्रेललाई पुनर्निर्माण प्राधिकरणको प्रमुखमा नियुक्त गरे पनि सत्ता साझेदार दल एमाले र प्रमुख विपक्षी माओवादीले त्यससम्बन्धी विधेयक नै अगाडि बढाउन नदिएपछि औपचारिकता पाएको थिएन । प्युठान रस्पुरकोट निवासी डा. पोख्रेललाई पुनर्निर्माण प्राधिकरणमा नियुक्त गर्न कांग्रेसले प्रस्ताव गरेको थियो ।भकुम्प गएको ढेड बर्ष वितिसक्दा समेत सरकार भने प्राधिकरणको प्रमुख हटाउने र नियुक्त गर्ने खेलमा लागेको छ । प्राधिकरणको काम प्रभाविकारी नहुँदा अहिले पनि भुकम्पपीडितहरु कष्टकर जीवन विताउन बाँध्य छन् ।

प्रतिक्रिया दिनुहोस्