सबै मिलर मन्थली नगरपालिकालाई समृद्ध बनाउनु पर्छः नेता श्रेष्ठ
२२ फागुन, रामेछाप
नेकपाका नेता एवं पूर्व सभासद तारानारायण श्रेष्ठले सबै मिलर मन्थली नगरपालिकालाई समृद्ध बनाउनु पर्ने बताएका छन् । नेपालमा रानजीतिक प्रणाली फेरवदलसँगै जनप्रतिनिधि र कर्मचारीहरुको मानसिमतामा पनि परिवर्तन आउन आवश्यक रहेको बताएका हुन् ।
राजनीतिक नेतृत्व र कर्मचारीहरुले जनपक्षिय काम गर्न आवश्यक रहेको बताउदै नेता श्रेष्ठले जनताको भावना बुझेर काम गर्न सकेको खण्डमा मात्र परिणाम हासिल गर्न सकिने बताए ।
मन्थली नगरपालिकाको चौथो नगरसभालाई सम्बोधन गर्दै नेता श्रेष्ठले विकास निर्माणको काम पारदर्शी हुनुपर्ने बताए । उनले विकास निर्माणको लागि सहकार्य र समन्वय आवश्यक भएको बताउदै नगरपालिकाले राखेको लक्ष्य अनुसारको काम गर्न मन बचन र कर्मबाट लाग्नु पर्नेमा जोड दिए ।