रामेछापमा कांग्रेसको ५८ सय सक्रिय कार्यकर्ता
२९ फागुन, रामेछाप ।
रामेछापमा नेपाली कांग्रेसको सक्रिय सदस्यता ५८ सय पुगेको छ । पार्टीमा प्रवेश गर्ने र पार्टी छोडने क्रम चलेपनि हालसम्म ५८ सय सक्रिय कार्यकताले सदस्यता लिएका हुन् ।
नेपाली कांग्रेस रामेछापका प्रवक्ता नारायण खड्काले सक्रिय सदस्यता वितरणको संख्या बढ्दो क्रममा रहेको बताए ।
उनले रामेछाप न्युजसँग भने,‘५८ सय सक्रिय सदस्य छन, ४० हजारले सधारण सदस्यता लिएका छन् ।’ साधारण सदस्यता र सक्रिय सदस्यको संख्या यस पटक वीस प्रतिशतले बढने प्रवक्ता खड्काले बताए ।