काकलिङ माविका विवादित प्रअ फेरिए, नयाँ प्रअमा श्रेष्ठ
१ चैत्र, रामेछाप ।
दोरम्बा गाउँपालिका–२ दोरम्बास्थित काकलिङ माविका विवादित प्रअ फेरिएका छन् । गाउँपालिकाको अनुमति विना नै विद्यालय केही महिना अघि १५ दिन विदा दिने निर्णयपछि विवादमा तानिएका प्रअ पञ्चप्रकाश चेम्जोङ फेरिएका हुन् । उक्त निर्णयप्रति गाउँपालिका अन्तर्गत रहेको शिक्षा समितिले गरेको निर्णय विपरीत काम गरेको भन्दै असन्तुष्टि जनाउदै प्रअबाट राजिनामा दिन दबाब दिएको थियो ।
तर चेम्जोङले वेवास्था गर्दै आएका थिए । गाउँपालिकाको नीति विपरीत चलेको आरोपमा चेम्जोङलाई हटाउने तयारी भएपछि उनले विद्यालय व्यवस्थापन समिति समक्ष राजिनामा दिएका हुन् । चेम्जोङले राजिनामा दिएपछि नयाँ प्रअमा विद्यालयमा सहायक प्रअको जिम्मेवारी सम्हाल्दै आएका ओम कुमार श्रेष्ठलाई नियुक्ति गरिएको छ ।
शुक्रवार बसेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केशवकुमार लामाको अध्यक्षमा बसेको बैठकले चेम्जोङले राजिनामा दिएपछि रिक्त भएको प्रअ पदमा श्रेष्ठलाई सिफारिस गर्ने निर्णय गरेको छ ।
चेम्जोङले व्यक्तिग कारण देखाउदै राजिनामा दिएको उल्लेख गरेका छन् । उनले राजिनामा भनेका छन–२०७२ माघ ५ गतेदेखि विद्यालयमा प्रअ पदमा रही विद्यालयमा काम कारवाही सम्हाल्दैआएकोमा म मेरो व्यक्तिगत कारणले विद्यालय प्रशासनको काम गर्न समय दिन नसकेको हुँदा आजकै मितिदेखि लागू हुने गरी यस विद्यालयका प्रअ पदबाट राजिनामा दिएको व्यवहारो जानकारीका लागि अनुरोध छ ।