रामेछापमा भिरबाट लडेर तामाङको निधन



८ चैत्र, रामेछाप ।
रामेछापमा भीरबाट लडेर एक जनाको ज्यान गएको छ । गोकुलगंगा गाउँपालिका–६ फर्पुमा भिरबाट लडेर तिल्पुङका ४५ बर्षिय पाल्दोर्जे तामाङको ज्यान गएको हो ।
आज खिम्तीबाट फर्पु हिडेर जाने क्रममा फर्पुको सिमलडाँडास्थित सडकको छेउबाट करिब १ सय ५० मिटरको भिरबाट खस्दा तामाङको निधन भएको गोकुलगंगा–६ का वडा अध्यक्ष चन्द्र बहादुर सुनुवारले बताए ।
जिल्ल्ला प्रहरी कार्यालय रामेछापका अनुसार तामाङको श्रीमती सीता तामाङ र पाल्दोर्जे बाटोमा सँगै हिडिरहेको बेला तामाङ अचानक सडकबाट खसेका थिए । तर स्थानीयले भने मदिरा सेवन गरेर हिडनेको बताएका छन् । जिल्ला प्रहरी कार्यालका प्रवक्ता शेष अदातलले घटनाको बारेमा थप अनुसन्धान भइरहेको रामेछाप न्युजलाई जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्