रामेछाप तामाङ कलाकार समाजको अध्यक्षमा मोक्तान
१७ चैत्र, काठमाडौं ।
कला संस्कृतिको संरक्षण गर्ने मुख्य उदेश्य सहित रामेछाप तामाङ कलाकार समाज गठन गरिएको छ । रामेछाप जिल्लाबाट काठमाडौं आइ बसोबास गर्ने कलाकारहरुको सक्रियतामा समाज गठन भएको हो ।
रामेछाप तामाङ कलाकार समाजको पहिलो भेला काठमाडौंको बौद्धमा सम्पन्न भएको छ । भेलाले भेलाले वैरागी मोक्तानको अध्यक्षतामा १७ सदस्यीय तदर्थ समिति गठन गरेको छ । उपाध्यक्ष सन्ध्या सुस्केरा, महासचिव सुरज चन्द्र घिसिङ, सचिव सुरेश मोक्तान, कोषाध्यक्ष जङ्ग बहादुर घिसिङ र सदस्यहरुमा दिलमाया मोक्तान,सन्जिब योन्जन, पासङ लामा, मिलन लामा, शम्भु मोक्तान, हस्त लामा, राहुल मोक्तान, हिरा घिसिङ, राजकुमार दोङ, ईन्द्र योन्जन, तिर्थ थोकर, सजना वाईबा, टेक घिसिङ र अभिषेक तामाङ रहेका छन ।
तामाङ भाषाविद तथा साहित्यकार अमृत योन्जनको आतिथ्यमा सम्पन्न भेलाले छरिएर रहेका रामेछापबासी कलाकारहरुलाई एकीकृत गरी तामाङ समुदायको भाषा, कला, संस्कृतिको पहिचान र प्रबद्र्धनमा टेवा पुर्याउने लक्ष्य लिइएको छ ।