हावाहुरीबाट घाइते भएकालाई भेटन अस्पताल पुगे मन्त्री ढुंगेल



२० चैत्र, हेटौडा ।
तीन नम्बर प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले बारा र पर्सामा हावाहरीबाट घाइते भएकाहरुलाई अस्पतालमा पुगेर स्वास्थ्यस्थितको बारेमा जानकारी लिएका छन् । मन्त्री ढुंगेलले वीरगन्जको नेसनल मेडिकल कलेज र नारायणी मेडिकल कलेजमा उपचार गराइरहेका घाइतेहरुलाई भेटेर स्वास्थ्यको बारेमा जानकारी लिएका हुन् ।


मन्त्री ढुंगेले हावाहुरीको कारण ठूलो जनधनको क्षति भएकाले प्रदेश नम्बर ३ को सरकारले एक करोड रुपैयाँ सहयोग दिने निर्णय गरेको जानकारी गराएको उनका स्वकीय सचिव दिनेश सुवेदीले जानकारी दिए ।


भेटको क्रममा अस्पतालमा उपचार गराइरहेका घाइते र घाइतेका भएका परिवारका सदस्यहरूले मन्त्री ढुंगेलसँग हावाहुरीले आफुहरुलाई घरबास विहीन बनाएको, समस्यामा बस्न बाँध्य भएको गुनासो समेत गरेका थिए । जवाफमा मन्त्री ढुंगेलले प्रदेश नम्बर ३ का सांसदहरुले तीन दिनको तलब बराबरको सहयोग गर्ने निर्णय जानकारी गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्