खाँडादेवी गाउँपालिभित्र ४१९ किलोमिटर सडक निर्माण ५९ किलोमिटर कालोपत्रे हुँदै



३ वैशाक, रामेछाप ।
खाँडादेवी गाउँपालिकाभित्र हालसम्म ४ सय १९ किलोमिटर सडक निर्माण भएको छ । स्थानीय सरकार गठन भएपछि भने गाउँपालिकाभित्र सडक निर्माणको काम धमाधम अगाडि बढेको हो ।
गाउँपालिकाभित्रको नौ वटा वडामा नै सडक सञ्जालसँग जोडिएको छ । गाउँपालिकाले वडा कार्यालयदेखि गाउँपालिकाको केन्द्रसम्म जोडने सडकको पहिचान गरी स्तरउन्नतीको काम पनि अगाडि बढाएको छ ।

अधिकाशं वडाको टोलटोलमा सडक निर्माणको काम धमाधम भइरहेको छ । सरकारको लगानीसँगै स्थानीयवासीको सक्रियतामा समेत टोलटोलमा सडक पुगेको छ । खाँडादेवी गाउँपालिकाले अब सडक निर्माण अन्तर्गत नयाँ ट्रयाक निर्माण नगर्ने नीति लिएको छ ।
गाउँपालिकाद्धारा आयोजित नयाँ बर्ष २०७६ को शुभकामना एवं दुई बर्ष आवधिक योजनाको समिक्षा कार्यक्रममा गाउँपालिकाका अध्यक्ष प्रेम बहादुर तामाङ दुई बर्ष कार्यकालमा राम्रो काम भएको बताए ।

विगतमा जनताले आधारभूत सेवा नपाइरहेको अवस्थामा अहिले गाउँपालिकाबाट प्रभावकारी सेवा सञ्चालन भइरहेको बताउदै उनले चुनावी प्रतिबद्धता अनुसार गाउँपालिकाले काम अगाडि बढाएको बताए । गाउँपालिकाभित्र निर्माण भएको सडकमा बर्षाको समयमा यातायात सञ्चालन गर्न सक्ने अवस्था थिएन, अहिले हिउद बर्षा नै यातायात गुडने अवस्था बनाएको छौ, अध्यक्ष तामाङले भने ।
हालसम्म गाउँपालिकाभित्र ४ सय १९ ट्रयाक ओपन भएको सडकलाई चार भागमा वर्गीकरण गरेर काम अगाडि बढाएको उनले बताए । उनका अनुसार प्रदेश सरकारले गाउँपालिकाभित्रको मुख्य दुई सडक यस बर्षबाट कालोपत्रे गर्न ठेक्का लगाइसकेको बताउदै सित्खा गोगनपानी भोटनागी र भटौली गाल्वा दुई सडकमा यस बर्ष ५९ किलोमिटर सडक कालोपत्रे हुने जानकारी दिए ।


१ सय १२ किलोमिटर सडक हिउद बर्ष नै सञ्चालन हुने गरी पाँचभित्र ग्राबिल गर्ने आवधिक योजना बनाएको अध्यक्ष तामाङले बताए । गाउँपालिकाकाले पञ्च बर्षिय योजना, २५ बर्षे दीर्घकालिन योजना अगाडि सार्नुको साथै सडकको डिपिआर समेत तयार गरेको छ । अध्यक्ष तामाङ, शिक्षा, स्वास्थ्य कृषि लगायतको क्षेत्रलाई प्राथमिकता दिएर कार्यक्रम अगाडि बढाएको बताए ।

प्रतिक्रिया दिनुहोस्