प्रधानमन्त्री ओलीद्धारा गौतमलाई सम्मान
११ वैशाक, काभ्रे ।
२०७२ सालको विनाकारी भूकम्पले पूर्ण रुपमा ध्वस्त बनाएको धुलिखेलको सञ्जीवनी माविको पुनर्निर्माण सम्पन्न भएको छ । नवनिर्मित विद्यालय भवनको बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका छन् ।
एसियाली विकास बैंकको १० करोड १४ लाख रुपैयाँ सहयोगमा निर्माण भएको भवनमा कक्षाकोठा, छात्रवास, प्रशासनिक गरी ४ वटा भवनमा ४८ कोठा छन् । एसियाली विकास बैंकले नयाँ भवनमा २ सय ८८ विद्यार्थीलाई पुग्ने नयाँ फर्निचर समेत व्यवस्थापन गर्ने भएको छ ।
विद्यालयको डिजाइन र सुपरभिजन इआरएमसी कन्सटेन्ट कम्पनीले गरेको हो । इआरएमसीका सञ्चालक उद्धवराज चौलागाईले समयमा नै विद्यालयको पुननिर्माणको काम सम्पन्न गरेर हस्तान्तरण गरिएको बताए ।
कार्यक्रममा समयसीमाभित्र नै विद्यालयको पुननिर्मणको काम सम्पन्न भएको भन्दै निर्माण खानी निर्माण सेवाका सञ्चालक रत्न गौतमलाई सम्मान गरिएको छ । प्रधानमन्त्री ओलीले सञ्चालक गौतमलाई कदरपत्र सहित सम्मान गरेका हुन् । विद्यायलमा हाल ७ सय विद्यार्थी अध्ययनरत छन् ।
प्रधानमन्त्रीले देशको विकास र समृद्धिका लागि शैक्षिक क्षेत्रको महत्वपुर्ण भुमिका रहने भन्दै त्यसका लागि गुणस्तरीय शिक्षामा ध्यान दिने बेला आएको बताए ।