भकुम्प गएको आज ४ बर्षः ४५ हजार परकम्प



१२ वैशाक, काठमाडौं ।
वैशाक १२ गते अर्थात २०७२ सालको आजकै दिन विनाशकारी भुकम्प गएको दिन । वैशाक १२ सम्झिदा सबै झस्कने गर्छन । भुकम्प प्रभावितहरुले भुकम्पले दिएर गएको पीडा अझै पनि भुल्न सकेका छ्रैनन् । भुकम्प गएको चार बर्षको अवधिमा पनि बारम्बार पराकम्पन आउने क्रम रोकिएको छैन् ।

भुकम्पबाट प्रभावित ३१ जिल्लाभित्र केन्द्र बनाएर साना ठूला पराकम्पन जाने क्रम अझै जारी नै छ । चार बर्ष पुग्न एक दिन बाँकी रहदा भुकम्पले पुनः वैशाक १२ को सम्झना गराएको छ । हिजो धादिङ केन्द्रविन्दु भएर गएको भुकम्पको कारण उपत्यका काठमाडौं लगायतका क्षेत्रमा भुकम्पको कारण भागदौड चलेको थियो ।

बारम्बार आउने भुकम्पको पराकम्पले नागरिकहरुलाई त्रास सृजना गर्ने गरेको छ । चार बर्षको अवधिमा मात्र ४५ हजार भुकम्पको पराकम्पन गएको राष्ट्रिय भुकम्प तथा अनुसन्धान केन्द्रले बताएको छ । सिन्धुपाल्चोक, दोलखा, गोरखा, रामेछाप, काठमाडौं, धादिङ, ललितपुर, भक्तपुर, काभ्रे, रसुवा, मकवानपुर लगायतको जिल्लालाई केन्द्र बनाएर भुकम्पको पराकम्पन जाने गरेको छ । अनुसन्धान केन्द्रका भुकम्पविद् चिन्तन तिम्लसेनाले चार बर्षको अवधिमा ४५ हजार पराकम्पन गएको बताए । उनले भने, ‘चार बर्षमा ४५ हजार भन्दा बढी भुकम्पको परकमम्प गएको छ, चार रेक्टर स्केल भन्दा माथिको चार सय २० पराकम्पन गएको छ ।’

चार बर्ष अघि बारपाकलाई केन्द्र बनाएर ७.९ रेक्टर स्केलको विनाशकारी भुकम्प गएको थियो । भुकम्पको कारण ८ हजार भन्दा बढी नागरिकहरुको मुत्यु भएको थियो भने २२ हजार भन्दा बढी घाइते भएका थिए । भुकम्पको कारण ठूलो संख्यामा विद्यालय, सरकारी भवनहरु पूर्ण रुपमा क्षति भएको थियो । भुकम्पको कारण ८ लाख भन्दा बढी निजी घर पूर्ण रुपमा भत्किएको थियो । सरकारले तीन बर्षभित्र पुनिर्माणको काम सम्पन्न गर्ने घोषणा गरेको थियो ।

तर चार बर्षको अवधिमा बल्ल पचास प्रतिशत पुननिर्माणको काम सम्पन्न भएको छ । सरकारले समयमा नै एकीकृत वस्ती विकासको नीति लागू गर्न नसक्दा अहिले पनि अव्यवस्थित रुपमा निजी आवास निर्माण भएको छन् । निर्माण भएको निजी आवास पनि झारा टार्ने प्रकृतिका छन् । भुकम्प गएको चार बर्षपछि सरकारले पुनः भुकम्प प्रभावित भएर पनि छुटेका घरको सर्वेको काम सुरु गरेको छ । चैत्र १५ गतेबाट पुर्न जाँच र सर्वेको काम अगाडि बढाएको छ ।

प्रतिक्रिया दिनुहोस्