शैलुङ महोत्सवको समापन अर्थमन्त्री ढुंगेलले गर्ने, गुरु योजना बनाउने घोषणा हुँदै



१४ वैशाक, रामेछाप ।
प्रथम शैलुङ प्राकृतिक एवं सांस्कृतिक पर्यटन महोत्सवकाे समापन तीन नम्बर प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले गर्ने भएको छन् । पर्यटन क्षेत्रको प्रबद्र्धन गर्ने मुख्य उदेश्य सहित हिजाबाट सुरु भएको महोत्वको समापन आइतवार मन्त्री ढुंगेलले गर्ने भएका हुन् ।

शैलुङ क्षेत्रको पर्यटन विकासमा लागेको बताउदै मन्त्री ढुंगेलले सित्खा खाँडादेवी अग्लेश्वर दोरम्बा हुँदै शैलुङसम्म केबलकार लैजानको लागि सर्भेको काम अगाडि बढाएको बताएका छन् । उनले शैलुङको गुरु योजना गरेर नै विकास गरेर देशकै प्रमुख पर्यटकीय गन्तव्यस्थलको रुपमा विकास गर्ने प्रतिबद्धता जनाएका छन् ।
दोरम्बा गाउँपालिका अध्यक्ष कमानसिंह मोक्तानले हिजाबाट सुरु भएको महोत्सवमा दुई दिनमा कबिर २० हजार मानिसहरुको सहभागीता भएको रामेछाप न्युजलाई जानकारी दिए । आज कलाकारहरुको प्रस्तुती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्