गाडी चालकको बदमासीः अकालमा रामेछापकी कार्कीले ज्यान गुमाइन



१५ वैशाक, रामेछाप ।
गाडी चालकको बदमासीले रामेछापमा एक महिलाले ज्यान गुमाएकी छिन् दोलखाबाट राजधानी काठमाडौ जाने क्रममा बा ३ ख ३२६१ नम्बरको गाडी चालकले सावधानी नअपनाउदा मन्थली नगरपालिका–२ टेकानपुरकी २२ बर्षिय सुमित्रा कार्कीको ज्यान गएको हो ।

ढोकावाट खसेकी उनलाई गाडी गुड्ने क्रममा ठक्कर दिदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रामेछापले बताएको छ । गम्भिर घाइते भएकी कार्कीलाई मन्थली स्थित तामाकोशी अस्पतालमा प्राथमिक उपचार गरेर थप उपचारको लागि काठमडौं लैजाने क्रममा बाटोमा नै निधन भएको थियो ।

जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता शेष अदालतले दुर्घटनामा घाइते भएका सोही स्थानकी १६ बर्षिय मनिषा कार्कीको भने धुलिखेल अस्पतालमा उपचार भैरहेको छ । उनका अनुसार घाइते कार्कीको अवस्था सुधारउन्नमुख रहेको छ ।
कार्कीको ज्यान गएपछि गाडी चालक दोलखा कालिन्चोक गाउँपालिका–८ सुनाखरीका महेश चार्यायलार्य प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको अदालले रामेछाप न्युजलाइ जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्