तीन नम्बर प्रदेशको आगामी बजेट ५० अर्बः मन्त्री ढुंगेल
१७ वैशाक, हेटौडा ।
तीन नम्बर प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले आगामी आर्थिक वर्षका लागि ५० अर्ब रुपैयाँ बराबरको बजेट ल्याउने तयारी गरेको बताएका छन् ।
बजेट तयार पार्नका लागि प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालय र प्रदेश नीति तथा योजना आयोगका कर्मचारी तयारी तीब्र बनाइरहेका बेला मन्त्री ढुंगेले सो कुरा बताएका हुन् ।
कर्मचारीको अभावको कारण अपेक्षा अनुसारको काम गर्न नसकिरहेको बताउदै उनले आगामी बजेटको कार्यान्वयन पक्षमा विशेष ध्यान दिने गरी कार्यक्रम बताउने रामेछाप न्युजलाई जानकारी दिए ।