खिम्ती खोला थुनेर १८ सय मेगावाट जलाशययुक्त जलविद्युत आयोजना बन्ने
१८ वैशाक, रामेछाप ।
रामेछाप र दोलखा जिल्लाको सिमाना भएर बग्ने खिम्ती खोलामा जलाशययुक्त आयोजना बनाउनको लागि विद्युत विकास विभागले सम्भाव्यता अध्ययनको लागि सूचना निकालेको छ । दुई वटा विकल्पमा अध्ययन गर्न विभागले सूचना जारी गरेको हो ।
विभागले खिम्ती खोला थुनेर ठोसे शिवालयमा ३२६ मेगावाट र सोही ठाउँमा ड्याम बनाएर हाल हिमाल हाइड्रोपावर भएको ठाउँबाट १८ सय मेगावाट उत्पादन गर्ने सकिने योजना अगाडि सारेको छ ।
खिम्ती खोलालाई थुनेर देउराली भ्यालीमा जलाशययुक्त जलविद्युत निर्माणको प्रक्रिया अगाडि बढेको छ । रामेछापको उत्तरी क्षेत्रमा रहेको ठोसेस्थित गर्जाङ देउराली भ्यालीमा यो जलविद्युत निर्माण हुनेछ ।
रन अफ रिभरु रहेको खिम्तीखोला हिम नदी हो । यसको उद्गमस्थलभन्दा केही तल रिजर्भवायर ड्यामु बनाएर गर्जाङ देउराली भ्यालीको बस्ती विस्थापित गरेर आयोजना निर्माण गर्न सकिनेछ ।
विभागका एक कर्मचारीले रामेछाप न्युजसँग भने,‘अहिले ३२६ मेगावाटको लाग सूचना जारी भएको छ, १८ सय मेगावाटको अवधारणा पनि रहेको छ, यदी १८ सय मेगावाटको आयोजना बन्ने हुँदा खिम्ती २, हिमाल हाइड्रोपावर विस्थापित हुन सक्छ ।’