सुनापती गाउँपालिकामा करेन्ट लागेर लामा गम्भीर घाइते,काठमाडौं लगिदै
१८ वैशाक, रामेछाप ।
सुनापती गाउँपालिकाको केन्द्र हिलेदेवीमा करेन्ट लाग्दा एक युवक गम्भीर घाइते भएका छन् । घरमा मिटर जडान गरेर पुनः ट्रान्समिटरबाट लाइन जोडने क्रममा सुनापती गाउँपालिका–४ बेथानस्थित भल्वाडी निवास राजिब लामा गम्भीर घाइते भएका हुन् । स्थानीय तेज तामाङको अनुसार घाइते लामाको हात खुट्टा र मुटमा चोट लागेको छ ।
उनले रामेछाप न्युजसँग भने,‘घाइते लामाको अहिले प्राथमिक उपचार हुँदैछ, भ्वासा च्यारिटी अस्पतालका एम्बुलेन्सबाट थप उपचारको लागि काठमाडौं पठाउने तयारी भइरहेको छ ।’
ट्रान्समिटरमा पुनः लाइन जोडने क्रममा लामा एक मिनेटजति माथि नै अडकिएका थिए । एक मिनेट करेन्ट लागेपछि भुइँमा झरेका लामालाई स्थानीयले उद्धार गरेका थिए ।
करेन्ट लागि घाइते भएका लामा नेपाल विद्युत प्राधिकरणको कर्मचारी रहेको सुनापती गाउँपालिकाका अध्यक्ष धावा लामाले जानकारी दिए ।