रामेछापको पुरानागाउँमा मोटरसाइकल दुर्घटनाः दुइ जनाको निधन



२५ वैशाक, रामेछाप ।
रामेछाप जिल्लाको मन्थली नगरपालिका–९ पुरानागाउँमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । आज साझ मोटरसाइकल दुर्घटना हुँदा खाँडादेवी गाउँपालिकाका २२ बर्षिय लोप्साङ लामा र ११ बर्षिय बालक चोक कुमार श्रेष्ठको ज्यान गएको हो ।


पुरानागाउँको अगेरीपानीबाट खुरवेसी जाने क्रममा बा ५१ प ६३६५ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालक लामाको घटनास्थलमै र बालको उपचारको क्रममा बाटोमै निधन भएको जिल्ला प्रहरी कार्यलय रामेछापका प्रवक्ता शेष अदालतले रामेछाप न्युजलाई जानकारी दिए ।
उनका अनुसार मोटरसाइकल सडकबाट एक सय मिटर तल पुगेको थियो ।

प्रतिक्रिया दिनुहोस्