रामेछापमा फेरि दुर्घटनाः एक महिलाको ज्यान गयो



२६ वैशाक, रामेछाप ।
रामेछापमा दुई दिनको अवधिमा तीन जनाको ज्यान गएको छ । हिजो साझको मोटरसाइकल दुर्घटनाको घटना सेलाउन नपाउदै आज फेरि मन्थलीमा मोटरसाइकलको ठक्करबाट एक महिलाको ज्यान गएको छ ।
आज बिहान खिम्तीबाट मन्थली आउँदै गरेको बा ८८ प ३०१८ नम्बरको मोटरसाइकलको ठक्क दिदा लिखुतामाकोशी गाउँपालिका वडा नं ७ तिल्पुङ निवासी बर्ष ६५ की केशरी तामाङको उपचारको क्रममा ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता शेष अदालतले महिलाई ठक्कर दिने चालक मन्थली नगरपालिका वडा नम्बर १ निवासी बर्ष २० का मोटरसाइकलका चालक राम कुमार श्रेष्ठलाइ नियन्त्रण लिएको बताए ।

प्रतिक्रिया दिनुहोस्