निःशुल्क स्वास्थ्य सेवा पाएपछि गोठगाउँवासी खुसी
२६ वैशाक, रामेछाप ।
रामेछाप नगरपालिकाले सुरु गरेको नियमित निःशुल्क घुम्ती स्वास्थ्य शिविर अन्तर्गत नगरपालिका–१ गोठगाउँका नागरिहरुले स्वास्थ्य सेवा लिएका छन् । नगरपालिकाको आयोजनामा सञ्चालन भइरहेको घुम्ती शिविरमा गोठगाउँका १ सय १५ जनाले सेवा लिएका हुन् ।
जसमा १० जनाले भिडियो एक्सरे र २८ जनाले ल्याव सेवा लिएका छन । शिविरमा हार्डजोर्नि, भिडियो एक्सरे,ल्याव,जनरल उपचार सेवा, सुरक्षित मातृत्व सेवा लगायत विभिन्न सेवाहरु प्रदान गरिएको रामेछाप नगरपालिकाका स्वास्थ्य संयोजक रामशरण पौडेलले जानकारी दिए ।
शिविरमा धेरै जसो गोठगाउँका महिला तथा वृद्धवृद्धाहरुले सेवा लिएका छन ।
कार्यक्रममा रामेछाप नगरपालिकाका अध्यक्ष नरबहादुर थापा मगरले टोलटोलमा पुगेर नागरिकहरुलाई स्वास्थ्य सेवा पुर्याउने लक्ष्यको साथ घुम्ती शिविर सञ्चालन गरिएको बताए ।