कमल चौलागाई पोलिटब्यूरो सदस्यमा प्रस्ताव



२७ वैशाक, रामेछाप ।
नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य कमल चौलागाईको नाम पोलिटब्यूरो सदस्यको लागि प्रस्ताव गरिएको छ । पार्टी एकीकरण भएको एक बर्षपछि गठन हुन लागेको पोलिटब्युरोका लागि चौलागाईको नाम प्रस्ताव गरिएको बताइएको छ । प्रतिनिधिसभा निर्वाचन अघि चौलागाई नेकपामा प्रवेश गरेका थिए ।

पोलिटब्यूरोको हैसियतमा उनी पार्टीमा प्रवेश गरेका थिए । हाल आएर चौलागाईलाई पोलिटब्यूरोका लागि प्रस्ताव गरिएको छ । यदी चौलागाईलाई पोलिटब्यूरो सदस्य बनाएको अवस्थामा रामेछाप जिल्लाको इन्चार्ज बन्ने समेत बाटो खुल्ने भएको छ ।

नेकपाले केन्द्रीय सदस्य देवशकंर पौडेललाई इन्चार्ज र केन्द्रीय सदस्य श्याम कुमार श्रेष्ठलाई सह–इन्चार्ज बनाउने तयारी गरेको छ । नेकपाका एक केन्द्रीय सदस्यले भने,‘चौलागाईलाई पोलिटब्यूरो सदस्य बनाएको अवस्थामा पार्टीको नीति अनुरुपत स्वतः उनी जिल्ला इन्चार्ज हुनेछन, वरिष्ठताको आधारमा देव शकंर पौडेल सह–इन्चार्ज हुन सक्छन ।’

प्रतिक्रिया दिनुहोस्