रामेछाप नगरपालिकाले थाल्यो नयाँ कामः गाउँघरमै युवालाई रोजगारी
राजन महतारा क्षेत्री
२८ वैशाक, रामेछाप । निर्वाचनको क्रममा गरेको प्रतिबद्धता पूरा गर्ने कार्यमा रामेछाप नगरपालिका जुटेको छ । नगरपालिकाभित्र विकास निर्माणको कामको साथै रोजगारी सृजना गर्ने कार्यमा नगरपालिका जुटेको हो ।
कृषि र पर्यटनको प्रचुर सम्भावना रहेको रामेछाप नगरपालिकाले पर्यटन क्षेत्रको प्रबद्र्धन गर्न होमस्टे सञ्चालन गर्ने नीति अनुरुप युवाहरुलाई होमस्टेको तालिम सञ्चालन गरेको छ । नगरस्तरीय होमस्टे व्यवस्थापन ( कुक तालिम ) सुरु भएको छ ।
रामेछाप नगरपालिकाको आयोजना र ग्रामीण बिजनेश प्रमोसन प्रालिको सहजीकरण सात दिने तालिम सुरु भएको छ । तालिममा रामेछाप नगरपालिका भित्रका ९ वटा वडाका २÷२ जना गरी १८ जनाको सहभागीता रहेको छ ।
तालिममा सहभागीहरुलाई नेपाली खाना सेट, मकै, फर्सी, केक, हलुवा, सुप, सिस्नु सुप, नेवारी परिकार, विर्यानी, मःम, पिजा, सेकुवा लगायतका विभिन्न ३० थरीका परिकारहरु बनाउन सिकाइने ग्रामीण बिजनेश प्रमोशन प्रालि रामेछापका अध्यक्ष गुन्ज बहादुर कार्कीले बताए ।
स्थानीय स्रोत र साधनको उपयोग गरी नगरभित्रै पर्यटन प्रवद्र्धन गर्न होमस्टेले महत्वपूर्ण भुमिका खेल्नुको साथ तालिमले युवाहरुलाई व्यवसायिक बनाउन सययोग पुग्नेछ । रामेछाप नगरपालिका–६ भालुखोपमा सुरु भएको तामिलमको उदघाटन गर्दै रामेछाप नगरपालिकाकी उपप्रमुख सृजना खड्का पर्यटन प्रबद्र्धन गर्न तालिमले सहयोग गर्ने बताइन ।
भ्रमणको क्रममा लमजुङमा रहेका घले गाउँ भ्रममा गएपछिे होमस्टेबाट आकर्षित भएर नगरमा पनि होमस्टे सञ्चालनको सम्भावना देखेर होमस्टे सन्चालन गर्न इच्छुक युवाहरुलाई यस किसिमको तालिमको आयोजना गरिएका उनले बताइन ।
तालिममा सहभागी भएका साङगेल गेष्ट हाउसका सञ्चालक लाल बहादुर तामाङले यस किसिमको तालिममा सहभागी हुन पाएकोमा खुसी लागेको बताए । तालिमपछि आफुले सन्चालन गरेको होटललाई नमूना होमस्टेको रुपमा सन्चालन गरी भालुखोपमा पर्यटक भित्राउनमा होमस्टेले महत्वपुर्ण भुमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे ।
रामेछापको भालुखोप रामेछाप नगरपालिकाको पर्यटकीयस्थल हो । जहाँ १२ महिना चिसो हावापानी र प्रकृतिको दृश्यअवलोकन गर्न आन्तरिक तथा बाह्य पर्यटकहरु आउने गरेका छन । सदरमुकाम मन्थलीको गर्मी छल्न पछिल्लो सयममा भालुखोप आउने आन्तरिक पर्यटनको संख्या ह्वातै बढेको छ ।